९ माघ, काठमाडौँ । बिग ब्यास लिग अन्तर्गत पर्थ स्कोर्चसले होबार्ट हुरिकेन्सलाई जितको लागि १८० रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको पर्थ स्कोचर्सले २० ओभरमा ८ विकेट गुमाएर १७९ रन बनाएको छ । पर्थका लागि ब्याटिङ्गमा जश इंगलिसले ३५ बलमा ५८ रनको विस्फोटक पारी खेलेका छन ।
होबार्टका लागि बलिङ्गमा नेथन एलिसले सर्वाधिक ४ र सन्दिप लामिछानेले २ विकेट हात पारेका छन । सन्दिपले ४ ओभरमा २७ रन खर्चेर विस्फोटक ब्याट्सम्यान लियाम लिभिंगस्टोन र मिचल मार्शको विकेट हात पारेका थिए ।
होबार्टले यस बिग ब्यास लिगमा सातौँ जित हासिल गर्नको लागि २० ओभरमा १८० रन बनाउनु पर्ने भएको छ ।