९ माघ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रूपैयाँले ओरालो लागेको छ । मंगलबार प्रतितोला ९३ हजार १०० मा कारोबार भएको छापावाल सुन आज ९२ हजार ९०० रूपैयाँ पुगेको छ ।
यसैगरी, आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रूपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ ।
बिहिबार प्रतितोला १ हजार २७५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैँयाले घटेर प्रतितोला १ हजार २६० रुपैंया मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले सूचना दिएको छ ।