काठमाडौं । बलिउडका चर्चित अभिनेता शाहीद कपुर नयाँ चलचित्र ‘महाभारत’ मा देखिने भएका छन् ।
एक भारतिय मिडियाका अनुसार उक्त चलचित्रमा उनी ‘कर्ण’ को भूमिकामा देखिने भएको हुन् ।
पछिल्लो समय उनले खेलेको चलचित्र ‘कविर सिंह’ ले ठुलो सफलता हात पारेको थियो । उक्त चलचित्रमा उनको अभिनय दर्शकले निकै नै रुचाएका थिए । सोही कारणले गर्दा होला शाहीदले आफ्नो पारिश्रमिक बढाए । पारिश्रमिक बढाएता पनि उनको अभिनयलाइ लीएर निर्देशक निर्माताले नयाँ चलचित्र ‘महाभारत’मा राख्ने भएका छन ।
राकेश ॐ प्रकाशले चलचित्रमा लगानी गर्ने भएका हुन र सोही चलचित्रलाइ लिएर शाहीदका फ्यानहरु उत्साहित छन् । चलचित्रको हाल सम्म अधिकारीक घोषणा भने भएको छैन ।