माघ ९, काठमाडौं । प्रचण्ड–नेपाल पक्षीय नेकपाका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग साईबर स्याल र सेटिङ्ग तप्का मात्रै बाँकी रहेको टिप्पणी गरेका छन् । शुक्रबार प्रचण्ड–नेपाल पक्षीय जनसभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनका अनुसार दुवै तप्काको निर्णायक अवस्थामा भने काम लाग्ने छैन् ।
‘कमरेड ओली तपाईँसँग २ चीज मात्रै बाँकी छ, त्यो एउटा साईबर सेना भनिने ‘साईबर स्याल‘ र अर्को सेटिङ्गवाला तप्का’, भुसालले भनेका छन्, ‘दन्त्यकथा सुनाउने साईबर स्याल र सरकारमा सेटिङ्गवाला, तर यी तप्काको निर्णायक भूमिका रहनेछैन् ।’
उनले प्रधानमन्त्री ओलीको राजनीतिक भविष्य सकिएको पनि टिप्पणी गरे ।
अहिले प्रचण्ड–नेपाल पक्षीय नेकपाको आम सभा काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।