९ माघ, काठमाडौँ । सिड्नी थन्डर्सका एलेक्स हेल्सले सिड्नी सिक्सर्स विरुद्ध सतक बनाएका छन । यस बिग ब्यास लिगमा उनको यो पहिलो सतक हो भने बिग ब्यास करियरको उनको यो तेस्रो सतक हो । उनल सिक्सर्स विरुद्ध उनले ५१ बलमा आफ्नो सतक पुरा गरेका हुन ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको सिड्नी थन्डर्सले २० ओभरमा ५ विकेट गुमाएर २३२ रन बनाएको छ । थन्डर्सका लागि एलेक्स हेल्सले ११० रन बनाएका थिए । ११० रनको विस्फोटक पारीमा उनले ९ चौका र ८ छक्का प्रहार गरेका थिए । सिड्नी सिक्सर्सका लागि बलिङ्गमा बेन डवारशुसे सर्वाधिक २ विकेट लिएका थिए ।
सिड्नी सिक्सर्सले जितको लागि २० ओभरमा २३३ रन बनाउनु पर्ने भएको छ ।