परदेशी युवा द्वारा आत्महत्या लगातार भएकोछ,
सधैभरी बेखबर हाम्रो देशको सरकार भएकोछ ।
पढ्न आएका बिद्यार्थीहरुले आत्महत्या गर्दा त,
बा आमाको त्यो आँखामा साउँन असार भएकोछ ।
धन बिनाको मन भएर पनि त पुग्नेरैनछ समाजमा,
लाग्छ केहि पढाईको केहि आर्थिक भार भएकोछ ।
आमा बा देखि टाढा बसेका युवाहरुमा त धेरैजसो,
मानसिक तनावनै आत्महत्याको आधार भएकोछ ।
हेरन उता परदेश गएका छोरा छोरी झुण्डिएर मर्दा,
घरमा आमा र बालाई लाशको ईन्तजार भएकोछ ।
सरकार थोरै समस्या त बुझौँ अब देश र जनताको,
हाम्रो देशमा सदियौँ देखि आशुको ब्यापार भएकोछ ।