सोच्छन् लुटेराहरु, जनता आफ्नो दास हुनुपर्छ ।
कचहरीका मन्चमा,आफ्नो स्थान खास हुनुपर्छ ।
जुत्ताका मालाले सजाउनु पर्ने, उनका गलामा,
रङ्गीचङ्गी फूलहरुको, मालाको रास हुनुपर्छ ।
जनता जाउन भाँडमा, पेट खाली हवस् या भरी,
आँफ्नो अलच्छिनी, थुतुनोमा मिठो गाँस हुनुपर्छ ।
नदी बेचेर हुन्छ या, देश बन्धकी राखेर हुन्छ,
उनकै हातमा सँधै, तीन एक्का तास हुनुपर्छ ।
म भन्छु यस्तो युगको, अब अन्त्य गर्ने बेला आयो,
आउने चुनावमा सबैको, सत्यानास हुनुपर्छ ।