उसैको नजरमा नजर गढ्न थाल्यो ।
अधरमा अनौठो रहर बढ्न थाल्यो ।
सयौँ चोट खाँदै अचानो बनेको,
कलेजी कुनामा जहर चढ्न थाल्यो ।
हजारौँ मलामी थिए साथ मेरो,
जलेको चितामा शहर डढ्न थाल्यो ।
चुरोटको धुवाँमा निशानी बटुल्दै,
नयाँ शेर लेख्दा बहर अड्न थाल्यो ।
म अल्झें अचानक रदिफ काफियामा,
कलमले गजलको कहर पढ्न थाल्यो ।
बहर : मुतकारिव मुसम्मन सलिम !