back

प्रधानमन्त्री ओलीले माघ २३ को दिन थप कदम चाल्नसक्ने, मन्त्री कृष्णगोपालले गरे यस्तो संकेत

वि.सं.२०७७ माघ १२ सोमवार

144 

shares
NTC AD
Global IME AD

माघ १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाले आगामी माघ २३ गते राजधानीमा बृहत प्रदर्शनको कार्यक्रम तय गरेको छ । ओली पक्षको घोषणाअनुसार माघ २३ को प्रदर्शनमा २ लाख जना सहभागी हुनेछन् ।

यसअघि विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षले संसद विघटनविरुद्व गरेको प्रदर्शनका दिन माघ ९ गते प्रधानमन्त्री ओलीले माघ २३ मा बृहत प्रदर्शन गर्ने घोषणा गरेका थिए । जुन घोषणाअनुसार नै ओली पक्षले प्रदर्शनको तयारी गरेको हो ।

प्रदर्शनको दिनमा ओलीले नयाँ कदम चाल्न सक्ने

माघ २३ को प्रदर्शनबारे जानकारी दिन ओलीले पक्षले सोमबार पत्रकार सम्मेलन गरेको थियो । सम्मेलनमा बोल्दै ओली पक्षीय नेता एवं शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले आगामी माघ २३ गते प्रदर्शनको दिन ओलीले थप कदम चाल्न सक्ने संकेत गरेका छन् ।

उनका अनुसार उक्त कदम निकै गोप्य छ र महत्वपूर्णं पनि छ । जुन माघ २३ कै दिन सार्वजनिक हुनेछ ।

‘म मिडियामार्फत एउटा कुरा भन्न चाहन्छु, आजसम्मको स्थितिमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली जीले तपाईँहरुलाई व्यक्त नगरेको अत्यन्तै महत्वपूर्णं कुरा जो गोप्य छ, त्यो उहाँले माघ २३ गते भन्नुहुन्छ, जुन दिन कोही पनि घरमा रहनेछैनन् सबै सडकमा उत्रिनेछन्’, श्रेष्ठले भनेका छन् ।

ओलीले चाल्ने कदमहरु अप्रत्यासित रुपमा आउने गर्दछन् । राजनीतिक संकट चुलिएको बेला मन्त्रि श्रेष्ठले सार्वजनिक गरेको यस भनाईले थप सशंय बनाएको छ ।

वि.सं.२०७७ माघ १२ सोमवार १४:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

रमबन (भारत) । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म...

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

चितवन । चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले...

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको...

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

कर्णाली । गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला...