माघ १३, काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले जानकारी दिइन् ।
उनका अनुसार बैठकले आगामी माघ १९ गते भातृ संस्था, माघ २४ गते शुभेच्छुक र माघ ३० गते सबै जिल्ला समितिले प्रतिनिधि सभा विघटनविरुद्व प्रदर्शन निर्णय गरेको छ ।
आजको बैठकले नागरिक आन्दोलनलाई समर्थन जनाउँदै आन्दोलनमाथि भएको धरपकडप्रति निन्दासमेत गरेको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्कालै सच्याउन पनि माग गर्ने निर्णय गरेको संग्रौलाले जनाईन् ।
आजको बैठकले स्थगित रहँदै आएको क्रियाशिल नविकरण वितरणलाई सक्ने निर्णय पनि गरेको उनले जनाईन् । साथै बैठकले समयावधि सकिएका विभिन्न विभागहरुको पनि समय थप गर्ने निर्णय गरेको संग्रौलाले जानकारी दिएकी छिन् ।
कांग्रेसले यसअघि संसद विघटनविरुद्व चरणबद्ध रुपमा जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा स्तरसम्म प्रदर्शन गरिसकेको छ ।
सम्बन्धित समाचार
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा