back

स्वीजरल्याण्डमा २५ वर्षे नेपाली युवाको मृत्यु

वि.सं.२०७३ माघ ९ आइतवार

225 

shares
NTC AD
Global IME AD

tamang

जेनेभा । स्वीजरल्याण्डमा एक नेपाली युवाको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वसदस्य दुर्गा बहादुर तामाङका छोरा २५ वर्षीय सुर्यविर तामाङको मृत्यु भएको हो ।
बक्सिङ खेलाडी समेत रहेका तामाङलाई १७ जनवरीका दिन सामान्य छाति दुख्यो भनेपछि जेनेभास्थित स्थानीय अस्पताल लगेको भएपनि डाक्टरहरुले हृदयघातका कारण मृत्यु भएको घोषणा गरेका थिए ।
अस्पताल पुगेर सुइ लगाएर केहिबेर आराम गर्न भनेर सुताइएका तामाङको केही घण्टामै मृत्यु भएको थियो । डाक्टरले हृदयघात भनेपनि सामान्य डिप्रेसनका पिडित सूर्यको नशाबाट दिइएको औषधिको रिएक्शनका कारण निधन भएको बताइएको छ ।
बाबु दुर्गा तामांगले स्थानीय महान्याधिबक्ता र प्रहरीमा उजुरी गरेका छन । उजुरीपछि मृत शरीरको पोस्टमार्टम गरेलगत्तै परिवारले शनिबार शव बुझेर बौद्ध परम्परा अनुसार दाहसंस्कार गरेको छ ।
दाहसंस्कारका क्रममा तामाङका कलेज र खेल संस्थाका १५० जना स्विस साथीहरु, जेनेभा, जुरीक र बासेल बस्ने नेपालीहरुको बाक्लो उपस्थिति रहेको अन्तिम बिदाइको धार्मिक कर्म सोनाम लामाले गरेका थिए ।
तीन हप्तामा पोस्टमार्टम रिपोर्ट आएपछि कानूनी रुपमा प्रक्रिया अगाडी बढाइने कुरा पिता दुर्गा बहादुर तामांगले बताएका छन। केहि बर्ष अघि डाक्टरको लापरबाहीले जेनेभामा बस्ने नेपाली बृद्धले पनि एउटा आँखाको ज्योति गुमाउनु परेको थियो ।

वि.सं.२०७३ माघ ९ आइतवार ०३:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...

बाल्टिमोरमा आयोजित भागवत सप्ताहमा झण्डै २० लाख डलर सङ्कलन

बाल्टिमोरमा आयोजित भागवत सप्ताहमा झण्डै २० लाख डलर सङ्कलन

विजय थापा । बाल्टिमोरको भागवत सप्ताहबाट झण्डै २० लाख डलर...

एनआरएनए्द्वारा रुसमा पुन : श्रम स्वीकृति खुला गर्न सरकारको ध्यानाकर्षण

एनआरएनए्द्वारा रुसमा पुन : श्रम स्वीकृति खुला गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । गैरआवासीय नेपाली संघले रुसमा पुन ः श्रम स्वीकृति...