माघ १५, काठमाडौं । होन्डा कम्पनीले आफ्ना दुई पाङ्ग्रे सवारी साधनको मुल्य बढाएको छ । सार्वजनिक तथ्यांकअनुसार कम्पनीले विभिन्न १४ मोडेलका दुई पाङ्ग्रे सवारी साधनको मुल्य बढाएको छ ।
कम्पनीले मोडेलअनुसार १ हजारदेखि अधिकतम २ लाख ६५ हजारसम्म मुल्य बढाएको जनाएको छ ।
कुनमा कति बढ्यो मुल्य ?
कम्पनीले जनाएअनुसार ग्राहकको निकै रोजाईमा परेको एभिएरट एलइडी ११० स्कुटरमा १ हजार मुल्य बढेको छ । सीडी ड्रिम डीएलएक्स ११० को मूल्य ४ हजारले बढेर १ लाख ८८ हजार ९ सय रुपैयाँ, एक्टिभा एसटीडी १२५ को मूल्य ४ हजार रुपैयाँले बढेर २ लाख १८ हजार ९ सय रुपैयाँ, एक्टिभा डीएलएक्स १२५ को मूल्इ ४ हजार रुपैयाँले बढेर २ लाख ३१ हजार ९ सय रुपैयाँ पुगेको छ ।
त्यसैगरी ग्राजिया एसटीडी १२५ को मूल्य २ हजार रुपैयाँले बढेर २ लाख २१ हजार ९ सय रुपैयाँ र ग्राजिया डीएलएक्स १२५ को मूल्य २ हजारले बढेर २ लाख ४१ हजार ९ सय रुपैयाँ पुगेको छ ।
होन्डाको मोटरसाइकलतर्फ सीबी साइन डीएसएस १२५ को मूल्य ४ हजारले बढेर २ लाख २३ हजार ९ सय, सीबी साइन एसपी डीएसएस १२५ को मूल्य ३ हजारले बढेर २ लाख ४२ हजार ९ सय रुपैयाँ पुगेको छ भने सीबी युनिकर्न १५० को मूल्इ २ हजारले बढेर २ लाख ६३ हजार ९ सय रुपैयाँ र सीबी होर्नेट १६० ५ आइडी एलइडीको मूल्य ४ हजार रुपैयाँले बढेर ३ लाख १० हजार ९ सय रुपैयाँ पुगेको छ ।
तथ्यांकमा हेर्नुहोस् कुनको कति बढ्यो