back

सुरु भयो रारा घुम्ने मौसम, सुरु गरिहाल्नुहोस् यात्राको तयारी

वि.सं.२०७७ माघ १९ सोमवार

1.1K 

shares
NTC AD
Global IME AD

तपाईलाई रारा घुम्ने इच्छा छ भने सुरु गर्नुस रारा घुम्ने यात्रा । रारा घुमफिर गर्ने मौसम सुरु भएको छ ।

कर्णाली प्रदेशकै उत्कृष्ट रमणीय रारा तपाईलाई पर्खिराखेको छ । गर्मी मौसम आगमनसंगै रारामा घुमफिर गर्न अत्यन्तै रमाइलो र आनन्द हुने गरेको छ । रारा घुम्ने उत्कृष्ट मौसम सुरु भएको रारा राष्टिय निकुञ्ज कार्यालयका निमित्त संरक्षण अधिकृत यज्ञ रोकायाले बताए । अब रारा घुम्न इच्छा भएका पर्यटकले यात्रा तय गर्नुपर्ने उनको भनाई छ ।

नेपालका बिभिन्न शहर काठमाडौ पोखरा बुटवल भैरहवा लगायत शहरदेखि घुम्न आएका प्राकृतिक सुन्दरताले गर्दा घुम्न आएका पर्यटकरु रारामा मोहित हुने गरेका छन् । दिनको तीनपटक रुप बदल्ने रारा तपाइको प्रतिक्षामा प्राकृति छटाहरु टल्काई रहेको छ । हिमालहरु चाँदी जस्तै टल्किने गरेका छन् । निलो ताल हिरा झै चम्किरहेको छ ।

तपाई रारामा घुम्न आएको खण्डमा घोडा चढेर ताल वरपर रमाउन सक्नु हुनेछ तपाईको प्रतिक्षामा रारामा १ सय ५० वटा घोडा पर्खि बसेका छन् । रारामा घोडा मात्र नभएर रबरका चारवटा डुंगा पनि तपाईको प्रतिक्षामा छन् । रारा पुग्दा बित्तिकै डुंगा चढेर तालमा रमाउनु सक्नु हुनेछ । असला जातका माछा तालमा तैरिरहेका चराहरुसंग जिस्किने सक्नु हुनेछ । रारा तालको छेउबाट डुंगा चढेर मुर्माटप मिलिचौर माझघट्ट सम्म पुग्न तपाईलाई झनै आनन्द आउने छ ।

नेपाल बिभिन्न पर्यटकिय गन्त्ब्य भन्दा हिमालको हिरा भनेर चिनिने रारामा एकपटक पुग्नैपर्ने कर्णाली प्रदेश आन्तरिक पर्यटन प्रबद्र्धनका सल्लाहकार राजु कार्कीको भनाई छ । माघ देखि जेठसम्म र भदौदेखि कार्तिकसम्म रारा घुम्न मौसम उत्कृष्ट हुने कार्की बताउँछन् । कार्कील भने रारामा छायाँनाथ तिर्थस्थलको पनि दर्शन गर्न पाइने भएको रारा धार्मिक पर्यटकियस्थल पनि हो ।

रारा पुग्ने मार्ग
नेपालकै उत्कृष्ट गन्त्ब्य रारा हेर्न आउने पर्यटकको लागि हवाई र कर्णाली राजमार्ग गरि दुईवटा मार्ग रहेका छन । नेपालगन्जदेखि हवाई मार्ग रारा एयरपोटसम्म पुग्न ३५ मिनेट र एयरर्पोटबाट रारा तालको किनारसम्म पुग्न गाडी बाट आघा घण्टा र पैदल हिडेर जाँदा एकघण्टा समय लाग्ने गरेको छ काठमाडौ नेपालगन्जबाट गाडी जिप मोटर साईकलबाट पनि रारा पुग्न सकिन्छ । गाडी मोटर साइकलबाट नेपालगन्ज, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला नाग्मा सिजा हुदै रारा पुग्न करिव दुई दिन लाग्ने गरेको छ । पहिलेजस्तो रारा घुम्न आउन पर्यटकलाई कठिन नभएको हवाई जहाज र सडक मार्गबाट सजिलै तरिकाले रारा पुगिने रारा एडभेन्चर प्रालिका प्रबन्धक निर्देशक एवम पर्यटन ब्याबसायि देबिकृष्ण रोकायाले बताए । बीच बाटोमा होटलको राम्रो ब्याबस्था भएको कर्णाली राजमार्गमा भएर आउने पर्यटकको लागि खान बास बस्न समस्या खेप्नुपर्ने अबस्था छैन । सुदुरपश्चिम कैलाली अछाम बाजुरा जिल्लाको कोल्टी हुदै मुगुको सुकाढिकबाट रारा पुग्ने मार्ग पनि छ ।

भिजिट कर्णाली टुर एण्ड ट्राभल्स रारा एडभेन्चर प्रालीले नेपालगन्ज राझा एयरपोटमा रारा घुम्न आउने पर्यटकको लागि हवाई टिकटको ब्याबस्था मिलाई दिने गरेका छन् । भिजिट कर्णालीले तारा एयर र एभेन्चरले सिता एयरको टिकटमार्फत् पर्यटकलाई रारासम्म जान आते जातेको हवाई टिकट प्रबन्ध गर्ने गरेका छन् । बिगत १५ बर्षदेखि भिजिट कर्णाली नेपालगञ्ज राँझाएयरर्पाेट र काठमाडौंदेखि रारा जाने पर्यटकलाई हवाई सेवा प्रदान गर्दै आएको छ ।

रारामा पाइने खाना
रारा घुम्न आउने पर्यटकलाई बिशेष गरि स्थानीय उत्पादनमा आधारित खाना बनाएर खुवाउने गरेको छ । रातो मार्सि धानको भात, मास तथा सिमिको दाल, आलुको तरकारी मह, कोदो गहुँको रोटी र फापरको बिभिन्न परिकार बनाएर पर्यटकलाई खाना तथा नास्ताको रुपमा दिने गरिएको छ । स्थानीय उत्पादनको स्वाद चाख्न पाउदा पर्यटकरु खुशी हुने गरेका छन् । स्थानीय चिनो कागुनोको भात खिरको स्वाद चाख्न सकिन्छ । पर्यटकलाई स्थानीय उत्पादन हुने अन्नबालीको खाना नास्ता खुबाउने गरेको होटल ब्याबसायिको भनाई छ । रारा ताल नजिकै माझघट्टमा रहेको होमस्टेमा पर्यटकलाई लोकल खाना उपलब्ध गराउने गरिएको छ ।

राराको कोसेली
रारा घुम्न आउने पर्यटकको निम्ति यहाँको सिमी, स्याउ, मह, कोसेलीको रुपमा चिनिने गरेको छ । रारा भ्रमणमा आएका पर्यटकहरुले सिमि, स्याउ मह कोसेलीको रुपमा किनेर लैजाने गरेका छन । मुर्मा, झयारी, पिना, कोटीला, सिगाडी लगायत गाउँबस्तीका स्थानीयले सिमि, स्याउ, मह, बिक्री गर्न रारामा ल्याउने र पर्यटकले किन्ने गरेका छन । स्याउ प्राय भदौदेखि मंसिरसम्म प्रयाप्त रुपमा पाइने गरेको छ । सिमी र मह भने बाह्रै महिना किन्न सकिन्छ । स्याउ प्रति किलो ३५ रुपैयाँ मूल्य पर्ने गरेको छ । सिमि प्रतिकिलो १ सय र मह प्रति माना ६ सय रुपैयाँ मूल्य पर्ने गरेको छ ।
अर्कोतिर टोप्ला गाउँका स्थानीयले लालीगुराँस जुस बनाएर पर्यटकलाई कोसेलीको रुपमा बेच्ने गरेका छन् । मुगुमा उत्पादीत उनबाट बनेको राडीपाखी उनी टोपी सुइटर पनि राराको कोसेली हुन् ।

राराको आक्रर्षण
मुगु जिल्लाको रारा ताल समुद्री सतहदेखि २९ सय ९० मिटर उचाईमा रहेको छ । यसको गहिराई १ सय ६७ मिटर छ । रारा १०.८ बर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ बिःस २०३२ सालमा स्थापना भएको रारा राष्टिय निकुन्ज क्षेत्रमा ३ प्रकारका हिमाली असला माछा २ सय २४ प्रकारका बनस्पति र २ सय ७२ प्रकारका चराहरु पाइने गरेको रारा राष्टिय निकुन्जको कार्यालयले जनाएको छ ।
रारामा त्यसै प्रकृतिको आक्रर्षण रहेको छ भने अर्कोतिर जडिबुटी बन्यजन्तु चरा बिश्वमा लोप भएको असला जातका माछाले गर्दा राराको गौरव बढाएको रारा राष्ट्रिय निकुन्जका रेन्जर सरोज खडकाले बताए । उक्त निकुन्ज क्षेत्रभित्र ५१ प्रजातिका स्तनधारी जनावर सहित रेडपाण्डा पाइने भएको छ । गुच्ची च्याउ पाँच औले कटुकी, सुगन्धवाल लगायत बिभिन्न प्रकारको जडिबुटी सहित कोणधारी जंगल र चैत बैशाखमा लालीगुराँस काँफल पनि पाक्ने खडकाले बताए ।

राराका सम्भावनाहरु
रारामा खेलकुद धार्मिक तिर्थस्थलको प्रचुर सम्भावना भएपनि संचालन हुन सकेको छैन । राराको मिलीचौरमा भलिबल फुटबल क्रिकेट खेल संचालन गर्न सकिने मैदान छ । रारा ताल वरिपरि म्याथुन, जुम्ला नाग्मा बजारदेखि रारासम्म म्याराथुन र जुम्ला खलंगा बजारदेखि रारासम्म म्याराथुन दौड र मुर्माटप चुचुमारे देखि मिलीचौर सम्म प्यारागल्याइडिङ गर्न सके राराको गौरव बढने खेलाडीहरुको भनाई छ । रारामा बिभिन्न खेलकुद गर्न सकिने सम्भावना छ यसमा राज्यको नजर नपुग्दा ओझेलमा परेको जिल्ला भलिबल प्रशिक्षक पदमराज मल्लले बताउछन् । रारामा हरेक महिना एक\एक खेलकुद गर्न सके पर्यटक आफै ओइरो लाग्ने मल्लको भनाई छ । रारामा साइकल दौडको प्रचुर सम्भावना रहेको खेलाडीको भनाई छ । यो चालु आर्थिक बर्षदेखि प्रदेश सरकारको ३ करोड आर्थिक सहयोगमा रारामा साइकल रोड निर्माण कार्य अघि बढाइएको छ ।

रारामा देउताको बास
रारामा सिमित प्रकृति सुन्दरता मात्र छैन कि, देवी देउता पनि उत्तिकै छन् । देवी दउताले गर्दा रारा घुम्न आउने पर्यटकलाई शुभ हुने गरेको भनाई छ । रारा ताल वरपर करिव ७ वटा भन्दा बढी धार्मिक मठमन्दिरहरु रहेका छन् । उक्त मठमन्दिरको पहिचान हुन नसक्दा ओझेलमा छन् । ठाकुरज्यूको मन्दिर, छाप्रु महादेव, रारा महादेव, दोफ्या महादेव, ठाकुरनाथ महादेव, लादुक महादेव रारा मष्टो, छाप्रु मष्टो, रारा कुलदेवता गरि रारामा सातवटा धार्मिक मठमन्दिर छन् तिनीहरुको बिकास गर्न सके रारामा धार्मिक तिर्थस्थलको सम्भावना पनि उत्तिकै स छ । पर्यटकियस्थल रारामा प्रसस्त्र देवि देउताको बासस्थान भएको र रारा घुम्न आउने पर्यटकको निम्ति शुभ हुने मष्टो कुल देवताका जिल्ला संयोजक बिर्ख रोकायाको भनाई छ ।

पूर्बाधारको समस्या
जिल्लाको उत्कृष्ट पर्यटकियस्थल रारामा पर्यटन बर्ष मनाउन तयारी भईरहेको बेला पूर्बाधारको अभावले गर्दा समस्या हुने देखिएको छ । भ्रमणमा आएका पर्यटकहरु बस्ने खालाको होटलको अभाव छ । रारा तालको किनारमै डाँफे गेष्ट हाउस मात्र छ । माझघट्टमा स्थानीयले एक होमस्टेमा एक दर्जन पर्यटक अटने क्षमता छ । आन्तरिक तथा बाहय पर्यटक धेरै आएको खण्डमा बासको समस्या हुने गरेको छ ।

रारा भन्दा झन रमाइलो कोइजी हिमाल
समुद्री सतह देखि करिव १२ हजार ५ सय फिट उचाईमा रहेको मुगु गाउँको दृष्य र कोइजी हिमालको अवलोकनले पर्यटकलाई मोहित पार्न सक्छ । चारैतिर हिउँले खारिएका चाँदी जस्तै टल्किने मनमोहक हिमाल देख्न सकिन्छ । बीचमा फराकिलो मरुभूमी तिब्बतबाट सलल बग्दै आएको कञ्चन बगरले झनै मन लोभ्याउ छ ।

वि.सं.२०७७ माघ १९ सोमवार १३:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
काठमाडौं महानगरले तोक्यो राप्रपालाई ५ हजार बढी जरिवाना

काठमाडौं महानगरले तोक्यो राप्रपालाई ५ हजार बढी जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ५...

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को...

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

कास्की । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभाको...

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

गल्याङ (स्याङजा) । स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय...

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

फिक्कल (इलाम) । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको...

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...