Sansar News- Online for Global Nepali

खानेपानी मन्त्री र विप्लवका नेता सुदर्शनबीचको भेट, के सरकार वार्ताको तयारीमा हो ?

सन्देश अर्याल
३ महिना पहिले
खानेपानी मन्त्री र विप्लवका नेता सुदर्शनबीचको भेट, के सरकार वार्ताको तयारीमा हो ?

माघ २०, काठमाडौं । खानेपानी मन्त्री मणि थापाले सरकारद्धारा प्रतिबन्धित विप्लव समुहका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई नख्खु जेलमै पुगेर भेटेका छन् । उनले मंगलबार बिहान साढे १० बजे नख्खु जेलमै पुगेर ओलीलाई भेटेका हुन् ।

संसार न्यूजसँगको कुराकानीमा मन्त्री थापाले विप्लवका नेताहरुसँग भेटघाट गरेको स्वीकार गरे । उनले सुदर्शनलगायतका नेताहरु आफ्नो पुरानो मित्र भएको भन्दै व्यक्तिगत भेटघाट मात्रै भएको दाबी गरेका छन् ।

‘सुदर्शनलगायतका साथीहरुसँग भेटघाट भएको कुरा साँचो हो, उहाँहरुसँग सामान्य व्यक्तिगत कुराकानी भएको हो’ संसार न्यूजसँगको कुराकानीमा उनले भने, ‘उहाँहरुको पार्टीको बारेमा भने मलाई त्यति धेरै जानकारी छैन्, विप्लव, प्रकाण्ड, धर्मेन्द्रलगायतका नेताहरु मेरो निकै पुरानो साथीहरु भएको कारण भेटघाट हुने कुरा सामान्य हो ।’

उनले सरकार विप्लव समुहसँग छलफलको प्रयासमा जुटेको भएपनि आफुँलाई त्यसबारे कुनै जिम्मेवारी भने नदिइएको बताए । ‘उहाँहरुको राजनीतिक सेटलमेन्ट जरुरी छ भन्ने मलाई पनि लागेको छ, सरकारले पनि त्यसबारेमा प्रयास थालेको बुझेको छु’, मन्त्रि थापाले भनेका छन्, ‘तर, म आधिकारिक व्यक्ति भने होइन् ।’

उनले सरकारले आफुँलाई उक्त जिम्मेवारी दिएको खण्डमा सहज रुपमा भूमिका खेल्न सक्ने पनि बताएका छन् । ‘उहाँहरु सबै मेरो निकै मिल्ने पुरानो साथीहरु हो, यदि मलाई त्यो जिम्मेवारी दिएको खण्डमा म सहजै भूमिका खेल्न सक्छु, तर समग्रमा निर्णय भएर आउनु पर्ने हुन्छ’, थापाले भनेका छन् ।

मोरङ घटनापछि विप्लवप्रति आक्रामक थियो सरकार

सरकारले विप्लव समुहमाथि २०७५ फागुन २९ देखि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसयता दुई पक्षबीच एक÷दुई चरणमा छलफल भएपनि वार्ता भने सकारात्मक हुन सकेको थिएन ।

पछिल्लो समय मोरङ घटनासँगै सरकार विप्लव समुहप्रति झनै आक्रामक रुपमा प्रस्तुत भईरहेको थियो । गत मंसिर २३ मा मोरङको मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठ मारिएसँगै सरकारले विप्लव समुहमाथि थप कडा रवैया अपनाउने निर्णय गरेको थियो ।

मोरङ घटनासँगै गृहमन्त्रालयले सबै सुरक्षा अंगलाई विप्लव समुहविरुद्वको अपरेशनमा आक्रामक उत्रिन निर्देशन नै जारी गरेको थियो । त्यसयता विप्लवका थुप्रै नेता तथा कार्यकर्ता पनि पक्राउ परेका छन् । सरकारको उक्त अपरेशनकै बीच गत पुस २९ मा विप्लवका अन्तराष्ट्रिय विभाग प्रमुखसमेत रहेका नेता धर्मेन्द्र बाँस्तोला पनि पक्राउ परेका थिए ।

नेकपा विभाजनसँगै विप्लवसँग वार्ताको प्रयासमा छ सरकार

मोरङ घटनासँगै विप्लव समुहप्रति आक्रामक प्रस्तुत भएको देखिए पनि पछिल्लो समय भने सरकार वार्ताको प्रयासमा लागेको देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वलडाकुसँग निकटता बनाएसँगै विप्लवसँग पनि वार्ता गर्ने प्रयासमा जुटेको स्रोत बताउँछ । जसका लागि उनले आफुँ निकटका नेताहरुलाई छलफलको सुरुवात गर्न निर्देशन नै दिएका छन् ।

मन्त्रि मणि थापाले गरेको भेटलाई पनि वार्ताको सुरुवातीको रुपमा बुझ्न सकिन्छ । सरकारले विप्लवसँग सिधै छलफल थाल्न खोजेको स्रोतले बताएको छ ।

स्मरणरहोस् पछिल्लो समय विभाजित नेकपाको प्रचण्ड–नेपाल समुह पनि विप्लवसँग वार्ताको प्रयासमा छ । पार्टी विभाजनसँगै पूर्वलडाकुलाई आफुँ नजिक ल्याउन प्रधानमन्त्रीले एक पछि अर्को कदम चालेसँगै प्रचण्ड–नेपाल समुहले पनि विप्लवसँग वार्ताको प्रयास थालेका हुन् ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ५ दिन पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…