Sansar News- Online for Global Nepali

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर !

संसार न्यूज़
४ हप्ता पहिले
उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर !

माघ २१, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ तथा पूर्वमन्त्री उर्मिला अर्यालले रामकुमारी झाँक्रीमाथि कारबाही गर्न गरिएको मागप्रति आक्रोश पोखेकी छिन् । उनले राष्ट्रपतिका झाँक्रीमाथि कारबाही गर्न खोज्नेको आन्दोलनले हिसाब किताब खोज्ने चेतावनी दिइन् ।

सामाजिक सञ्जालमार्फत नेतृ अर्यालले महिलाहरुको समस्यालाई छोडेर राष्ट्रपति विद्यादेवी भण्डारीको चम्मा नबन्न झाँक्रीमाथि कारबाहीको माग गर्नेलाई चेतावनी दिएकी छिन् । उनले राष्ट्रपति भण्डारी कहिल्यै पनि महिला मुक्तिको पक्षमा नलागेको पनि बताईन् ।

एक अर्को प्रसंङ्गमा अर्यालले राष्ट्रपति भण्डारीकी छोरी उषाकिरणलाई बाको साँचो सपना पुरा गर्न सडकमा आउन आव्हान गरेकी छिन् । उनले बाबुको हत्यारा खोज्न, निर्मला पन्तको बलात्कारी तथा हत्यारालाई खोज्न सडकमा आउनुपर्ने बताइन् ।

अर्यालले राष्ट्रपति भण्डारी प्रतिगमनकारी कदममा लागिसकेको भन्दै छोरी उषाकिरणलाई विद्रोह गरेर मदन भण्डारी (बा)को सपना पुरा गर्न आग्रह गरेकी छिन् ।

‘म उशाकिरनलाई आह्वान गर्न चाहन्छु यो नौटन्की बन्द गर ! हालका प्रतिगमनकारी कदमको बिरुध्द सडकमा आएर अन्दोलन गर । त्यो नै तिम्रो बाबा प्रतिको निस्ठा हुनेछ ! प्रतिगमनकारी परिवार भए पनि आफू बाट बिद्रोह गर१ मदन भन्डारी कमरेडको सच्चा छोरी बन ! यो हाम्रो अह्वान हो !’, उनले भनेकी छिन् ।

याे पनि…

रामकुमारी झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न – के मेरी आमाको रातो सारी फिर्ता ल्याउन सक्नुहुन्छ ?

सर्बाधिक पढिएको

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक २ हप्ता पहिले | संसार न्यूज़

३ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम  सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम सम्बन्धी सूचना २ हप्ता पहिले | संसार न्यूज़

२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा…

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर !

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर ! ४ हप्ता पहिले | संसार न्यूज़

माघ २१, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ तथा…

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली ६ दिन पहिले | संसार न्यूज़

११ फागुन, इजरायल । इजरायलमा कार्यरत एक नेपाली चेलीको अकस्मात…