back

कथाः जीवन यात्रा

वि.सं.२०७७ माघ २४ शनिवार

162 

shares
NTC AD
Global IME AD

निकै दिन भयो गाइघाटलाई राजनीतिले तताए पनि त्यस्को ठीक विपरीत मौसमले चिसाई रहेको छ । साँझबाटै हुस्सुले खुट्टो पसार्दै चिसो सिरेटोको पनि आमन्त्रण गरिरहेको छ । बेला–बेला देखिने दिमागी पीडितहरू अचेल देखिन्न, घर बाटै देखिने पीपल चोकमा । यो चोकलाई गणतान्त्रिक चोक पनि भन्छन् ।

वीपी चोक भन्दा अलिक माथि पश्चिम तिरको पाटोमा घर बनाउन थुपारेको ढुङ्गो माथि एउटा भरिएको ठूलो सेतो बोरा छेउमा त्यही बोराको मालिक व्यक्तिलाई सधैँ झैँ आज पनि देख्छु मैलो पहिरनमा चुरोट तान्दै बस्नु भएको छ । दोस्रो राखनधरन बाकस, भुक्क अगाडि उक्सेको पेट, भेटेको, कसैले दिएको सरदाम राख्ने ठाउँ ।

खै कसरी बित्छ उहाँको खुल्ला आकाश मुनि यो हुस्सेको ताण्डव रात । अझै सोच्छु गाइघाटको आकाश माथिको रिसाहा सेतो घामलाई कसरी पछार्नु हुन्छ ? र पन्द्रह बिस वर्षबाटै देखिरहेछु उहाँको सडक जीवन । यो भित्री मधेसको क्षेत्र । उत्तरको रौताबाट झरेको सितलता तल झर्न नपाइ सुस्त बनाई दिन्छ, दक्षिणको चुरेबाट ओर्लेको भावरले । अनि मौलेको लामखुट्टे पनि थाकेका होलान उहाँको चाम्रो चाम्रो छालासँग । अझै सोच्छु साउने अविरल झरी । कतै कटान र सडकमा उर्लेको भल । त्यतिबेला उहाँलाई कुन घरको पेटी, बरन्डा या कुन रुखले ओतेहोला ? खुल्ला यापन ।

जति सोच्छु त्यति अचम्म लाग्छ । उहाँसम्म सरकार या कुनै मिडिया पुगे झैँ लाग्दैन । सुँगुरको सिकार लिन मध्यनीतिर घाम ताप्दै पी जी चोक तिर जाँदै थिएँ । उहाँलाई त्यही ठाउँमा भेट्छु । मलाई देख्ने बित्तिकै नमस्कार सर भन्नु भो । मैले पनि जवाफ फर्काएँ ।
’खै धेरै दिन भयो सरले चिया खुवाउनु नभाको ।’ उहाँ मलाई हेर्दै भन्नु हुन्छ । अनुहार उस्तै भर्भराउँदो छ । असन्तोषी रेखा छैन मुहारको रेखाचित्रमा ।

’हो लु चिया खानोस्न’ भन्दै सय रुपियाँ दिदै कुरा थपेँ ‘उद्धार केन्द्र तिर जानु हुन्न ?’ यदि उहाँ तयार हुनु भए भाग्य नेउपानेलाई फोन गरौँला भन्ने सोचेको । उदयुरको सदरमुकाम घुम्ने एकजना बाटो जीवनको पूर्ण विराम लाग्ने थियो । एउटा दिघो बसेरा हुनेथियो । दुःखमा हेर्ने आँखाहरू हुन्थे, साहाराका हात र भइपर्दाको तोकचे पाउथे । मैले यस्तै कल्पेको थिएँ ।

त्यतिबेला पुर्ब तिरका सडक जीवनको उद्धार भइरहेको भिडीयोहरू हेर्दै थिएँ ।

तर उहाँले त्यस्तो ठाउँ तिर नजाने, जे छु ठीक छु भन्नु भो ।

अचेल पनि कहिले कही देख्छु सडकको छेउमा थुपारेको जिल्जिले कागज, गत्ताहरूमा यापन खोजीरहेको । सोच्छु भोलिको लामो कथा ।

नाम, गाम र उहाँसँग सम्बन्धित परिवार या उहाँको अतीत, अहँ सोध्न सकेको छुइन ।

जीवन यात्रा

उहाँ मेरो बाल साथी । घास जाँदा, वस्तु चराउदा, मेलापात जाँदा, एकराते बजार तिर घर बाट भाग्न पर्दा खुब सलाहा मिल्ने । परदेश बाट आआफ्नै व्यवहारी हुदा छुटेको हाम्रो तन, धेरै दिन पछि सुने साथीलाई पापीकालले हामी बाट छुटाइसकेको ।

सुनेर धेरै असहय भएँ ।

फेरि गुराँस फुल्यो झर्याे । केही दिनको लागि कुकु र ’लाटा डाजई’ भने झैँ बास्ने चरीले मायालु बनाए, रुवाए, हसाए र गए । मनसुन आयो, भलवाढीले कथालेखे मान्छेको छातीमा । शरद आयो फुलेका फूलहरूले केही कुरा बिर्साए ।
हो मैले पनि थुप्रै नयाँ साथीको आगमनले निष्क्रिय साथीहरूको अतीत मेट्दै गए छु ।

एकदिन एकजना बाबु आइपुगे तपाईंको बाल साथीको छोरो भन्दै । त्योबेला मनको भित्तो बाट लग्आउट स्व. साथी दुर्तगतीले लगइन भयो । क्रमश आए साथीसँग गडेरा मारेकोदिन । गाउँको जागाराममा भक्कु नाचेको क्षण । बाँसको खपटो बजाउदै धामी बसेको बालापन अनि मुखिया दाइको खुर्सानी चोरेको, छोरा छोरी बाठा हुन्छन् भन्दै ।
आज उहाँको बाठो र होनाहार छोरो म सामु थिए । मैले रिट्ठो नबिराई गाउँघरलाई सोधेँ । सम्झेर कटक्क मन खायो बैस मै बिधुवी हुनु भएको बाबुकी आमाको सन्चोविसन्चो सोद्धा । सलाम ठोक्न प्रेरित गर्छ उहाँको साहसलाई, त्यो दुर्गम ठाउँको निम्छरो परिस्थितिमा पनि हुर्काउनु भयो श्रीमान्ले छोडेर गएका मसिना छोराछोरीलाई ।

अन्तः एकजनाको घरबारी उठाउदै छु, भन्ने सुन्दा धेरै प्रफुल्लित भएँ । तर केही क्षण मै मेरा खुशीहरू छाँगे भीर बाट फाल्हान्दै मरेतुल्य भयो , बाबुले माग्नु भएको हैसे पूरा गर्न नसक्दा ।

आज पनि मन कटक्क खान्छ ‘काकाले पत्याउनु भएन’ भनेहोलान भन्ने सङ्कापसङ्काले ।

जीवन यात्रा

कोरानाले थलिएर घिटीघिटी भइरहेकी
आमाले बारम्बार सङ्केत गर्दै थिइन, छोराछोरीले कवाडी वाला भैयालाई दिन खोज्दा पनि नदिराखेको कालो टिनको बाकस तिर ।

अचम्मित थिए परिवार त्यो थोत्रे कालो टिनको बाकस माथि ।

कसैले बुझ्न नसकेको आमाको इशारा, पहाडबाट भर्खर आइपुगेकी दाहिने आँखा फुलापरेको सबै शन्तान भन्दा कम्जोरावस्था रहेकी कान्छी छोरीले बुझेर टिनको बाकसलाई घिसार्दै ल्याएर आमा छेउमा राखिन् । अझै कान्छी छोरीलाई हेरेर आँसुको ढिका लडाउदै इशारा गर्छिन् ।
बाकस उघारेर हेरे सबैले । पुरानो हँसिया र काचो छालाको दाप भित्र खिइसकेको बुदुने खुकुरी एकै ठाउँ, भरको लोकोताले बाँधेर राखेको बिटोलाई झिकेर छेउमा राखे । आमा अझै इशारा गर्दै छिन । पीलासको चोली, साटनको सारी, दश हाते नैनसुतको पटुकी झिकेर दिए ।
अहँ इशारा रोकिएन ।

कुडे, तुलो, भोजपुरे करुवा, धराने ढाका, साइँलो छितारले छिपेको गुन्यौ, गिम्टीको पटुका, रातो धर्के दोलाई र औलोको भाङ्ग्रो झिकेर थुपारे ।
आमा अझैँ उस्तै छिन् । कान्छीले देखिन बाकस को चेपमा खादेको सियोले बुनेको झुम्के थैली । थैली हातमा राख्दिइन । अझै इशारा गर्दा थैली खोलेर हेरे पाँचहजार पैसा, गिल्टीको मुन्द्री, दुइआनी भरको अन्ती र केही सुकेका सुनाखरीको फूलका पत्रदलहरू थिए ।
पैसा र गहना आमाको हातमा राखेपछि सबै बसेको ठाम तिर हेरेर बोलाउने भावमा इशारा गरिन् ।

‘मेरी आमौ’ भन्दै ठूली छोरी दगुर्दै गयो । आमाले होइन भन्ने टाउको हल्लाइन् ।

कान्छो छोरो गयो आमाले अहँ भन्ने सकिनसकी इशारा गरिन ।
माइँलो गयो । साइँलो गयो । तर आमाले सबैलाई अहँ भन्ने नै इशारा गर्दै आतुरताको साथ आँखा घुमाउदै थिइन् ।

पल्लो घरकी काकीले भनिन् ‘कहाँ गइन, कान्छीलाई खोजेको हुनु पर्छ । त्यही छे दुःख पाकी । आमाको मनमा कमजोर शन्तान आँखाको नानी हुन्छन् ।’

कान्छी भने चोखो बटुकोमा सुनपानी तयार गर्न भित्र छिरेकी थिइन् ।

बोलाए पछि दगुर्दै आमाको छेउमा गयो । सकिनसकी कान्छीको हात माथि पैसा र गहना दिइन । अनि ठाइँलो छोरोलाई आँखाको सारले बोलाएर कान्छीको हात ठाइँलोको हातमा दिएर हेरिरहिन ।
ठाइँलोले बुझ्यो, आमाको मनसाय र बरररररर आँशु खसाल्दै भन्यो’ आमा ढुक्क हुनुहोस म बहिनीको हरेक विपद्को काँध हुने छु । जुवाइँले हेला गरे, छाहरी दिने छु । सबै भाइ मिलेर तपाईंको जिउनी कान्छीको नाममा नामसारी गरिदिने छौँ ।’ त्यतिबेला लहरै उभिएका छोराहरू तिर खनुनय पूर्ण हेरिन् ।

सबैले एकस्वरले भने ‘हामी सबैले कान्छीलाई नै छोड दिन्छौँ आमा ।’

आमाले अलिकति मुस्कुराउने बल गरिन्, त्यति बेलै उडेछ आमाको एकमुठी सास ।

गाउँमा हल्ला भयो बाह्रघरे आमको सकियो अरे–

जीवन यात्रा ।

कान्छी छोरीलाई आमाले सोचेको सुदिन आएन । सबै पाएको आमाको जिउनी दाजुको शेख पछि भदाहरूले गुल्चे हाने । मिस्सीलाई गुल्चेले खाइदियो, के जग्गा चाहियो बजारमा घर बनाएर बसौली बेची दिउ भन्दै । बाउआमा मुनिको छाहरी दाजुभाउजू । त्यस पछिको माइती रक्षक भदा र भदाबुहारी ।

एउटा छोरो पनि ट्याक्टर दुर्घटनामा पर्याे । रक्स्याहा लोग्ने भीरबाट लडेर मरेको ।

आज कान्छी सुकुमबासी भइ घरनथरको सडक यात्रामा छिन् । कुनै होटलको जुठा भाडा को भरठेग । धेरैलाई सुनाइन् भदाको कालो कर्तुत । एउटै जवाफ हात काटियो ।

अचेल भदाहरूका एकनम्बरको दुश्मन बदनाम गरेको आरोपमा ।

कान्छी हरेक प्रहर भक्कानिन्छन् सोचेर रहल त्यो-
जीवन यात्रा ।

त्रियुगा नगरपालिका-११, संगमटोल,उदयपुर, १ नम्बर प्रदेश

 

वि.सं.२०७७ माघ २४ शनिवार ०७:४३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...