back

सबैले मनन गरौं भावि पुस्तालाई के छोड्ने ?

वि.सं.२०७७ माघ २५ आइतवार

123 

shares
NTC AD
Global IME AD

महाकली नदि थुनियो राम्रै भयो या यसले नयाँ सन्देश दियो भारत र नेपालका शाषक तथा जनतालाई । भारतले बाध बनाएर प्राय सबै पानी भारत लगेर सिंचाई र खानेपानीको व्यवस्था गर्ने नेपालको खेत र वस्ति सुख्खा र काकाकुल रहने । कोशी, गण्डकी, त्रिसुली, राप्ती, अरूण, तम्मोर, बागमति, नख्खु, गोदावरी, कोड्कु, मेलम्ची लगायत धेरै हिमनदि र झरना छहराहरूका पानी नेपालमा प्रयोग र उपयोग नभएर भारततिर बग्दै समुन्द्रमा मिसिन्छन् तर ती हिमनदी, खोला, झरना, छहराहरूलाइ आजका दिनसम्म प्रयाप्त र सही हिसाबमा व्यवस्थित गर्न कुनै व्यवस्था र शाशक संक्षम, सफल र चासोमय बन्न सकिरहेका छैनन् । ती नदि, खोला, झरनाहरू देशभरका वस्ती र जमीनमा सिंचाई र खानेपानीमा लगाउन सकिन्छ । यसको लागि सुरक्षित ठाउँमा बाँध निर्माण गरेर । अनावस्यक पहाड मासेर, सुरूङ्ग बनाएर, ठुला–ठुला पाइप बिच्छ्याएर पानीको प्रयोग र सदुपयोग गर्न सकिन्छ । पहाड र खोचहरू नागां र बाझा छन्, त्यहाँ रूख, फलफूल, पशुपालन, जडिबुटी, खेतीपातीका काम गर्न सकिन्छन । अरब र मलेसिया जानै पर्दैन । तराइ, मधेश र उपत्यकाहरूमा ठूला साना नहर बनाइ पानीको व्यवस्था गराइ फार्महरू, उद्योगहरू, नयाँ–नयाँ शहरहरू बसाउन/बनाउन/चलाउन सकिन्छन् । युरोप र अमेरिका जानै पर्दैन । जहाँ गए पनि आखिर गर्ने दुःख र मिहिनेत नै हो ।

पूर्वको अरूण तमोर खै कहा बगेर जान्छ ! कोशी–गण्डकी बगेर खै कता मिल्दछ ! मेलम्ची त्रिशुली राप्ति, महाकाली खै कता गएर हराउछन ! बागमति, मनोहरी, कोड्कु, गोदावरी, नख्खु, टुकुचा, धोवी खोलाजस्तै साघुरो, मिचिने, थिचिने, निजी हुने र पानीबिहीन हुने स्थितीमा पुगिसके । बगरहरू, घर, पर्खाल, सडक, पार्कहरूमा बदलिदैछन् । एकहप्ता लगातार ठुलो पानी पर्यो भने सडक नदि बन्छ । घर, वस्ति, स्कुल, उद्योग जलाम्य र हिलाम्य बन्छन् । पानी फैलिएर जम्मा हुने, जमीनमा सोसिएर जाने, सहज निकाश हुने अवस्था सायद आज छैनन् । ठूलो क्षति र घटना नघटेसम्म सायद नदि, बगर, खुला जमिन, ठूला सानापोखरी, कुलो, नहर किन चाहिन्छन् सायद राज्य, सरकार र नागरिकको यसमा चासो कमै गएको छ । प्राकृतिक खोला र ताल मात्र होइन् मानव निर्मित नदि, ताल, ढल, पोखरी, नहर सायद ठूला पूराना शहरहरूले एकदिन आवस्यक ठान्ने छन् र निर्माण गर्न बाध्य हुनेछन् किनकि विश्व वातावरण र मौसम डरलाग्दो गरि बदलिदैछ । घनावस्ति र जनसंख्या सानो क्षेत्र र शहरहरूमा मानव र प्रकृति बिरोधी बन्दै गइरहेको छ । कोभिड जस्तो घातक र सक्रमित रोग र भाइरस घनाबस्ति र जनसंख्या भएको ठाउँमा बढी क्षति हुने गरि देखिइसकेको छ । न्यूर्योक र इटालीले ठूलो क्षति, चोट, पीडा र समस्या भोग्न बाध्य भएको कारण घनावस्ति र जनसंख्या नै प्रमुख हो । त्यसैले पातलो र फराकिलो वस्ति र जनसंख्या अबको आवश्यकता हो ।

नेपालका पहाड, हिमाल, तराई मधेशतिर अब नयाँवस्ती, शहर र हरेक किसिमको पहुँच र व्यवस्था बनाउन अबका राज्य, सरकार र नागरिकहरू लाग्नुपर्दछ । पूराना शहर र सदरमुकामतिर मात्र होइन पुराना शहर र घनावस्ति भएका ठाउँबाट नेपालका हिमाल–पहाड–तराइ मधेश, भारत र चीनका सिमाना र नयाँ नाकातिरका खुला जमिन, डाडा र फाटतिर नयावस्ति, शहर, उत्पादन, उब्जनी, पालन, अस्पताल, सरकारी कार्यलय, स्कुल, कलेज, नहर, खोला, ताल, पोखरी, सडक, रेलमार्ग, एयरपोर्ट बनाउने खुलाउनेतिर आजका स्थानीय र संघीय राज्यका अंग, सरकारहरू र सचेत नागरिकहरूले आफूलाइ बदल्ने र नयाँ परिणाम तथा व्यवस्था बनाउनेतिर लागि हाल्नुपर्ने देखिन्छ । होइन भने सधैको समस्या, असुविधा र सामुहिक आघात र काल (मृत्यु) नेपालीहरूले सधै भोगिरहनु पर्नेछ ।

सत्ता भन्दा सुविधा ठूलो हो जनताको लागि । राजनैतिक परिवर्तनहरू भन्दा दैनिक जीवन परिवर्तन ठुलो हो जनताको लागि । सायद शाषक र नेताहरूले यो व्यवस्था नगरेसम्म । सायद जनताहरूले यो यथार्तता नबुझे सम्म नेपाल अस्थिर र दरिद्र रहि रहन्छ । बलिदान र आन्दोलन खेर गइ रहन्छ । सायद आजको राजनीति, व्यवस्था, संविधान, सरकार, दलहरू जस्तै वस्ति र जमिनहरू पनि आउने पुस्ताको लागि प्रयाप्त हुने छैनन् । सरकार, दल, व्यवस्था, संविधान, आन्दोलन, सहमति आजका नेता र जनताको लागि नियमित, जवरजस्त परिवर्तन र निर्माण गरिएजस्तै आउने पुस्तालाई बाबु आमाको घर, वस्ति, जमिन अपुग र समस्याग्रस्त बन्न सक्छन् । भावी सन्तानहरूको लागि पनि नयाँ वस्तिहरू, जमीनहरू आजका अविभावक र शाषकहरूले व्यवस्थित गरि दिनुपर्छ । सायद चन्द्रमा र मंगल ग्रहहरूको खोज, पहुँच र अनुसन्धान भावी मानव पुस्ताहरूको सुरक्षा र सुविधाकै लागि होलान् ।

वि.सं.२०७७ माघ २५ आइतवार १२:५९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
यस्तो छ दक्षिण कोरिया आर्थिक विकासको सुत्र

यस्तो छ दक्षिण कोरिया आर्थिक विकासको सुत्र

पार्क थेयङ, काठमाडौँ । नेपालमा आगामी वैशाख १६ र १७...

एलन मस्कको जीवनबाट हामीले पनि सिक्ने कि ?

एलन मस्कको जीवनबाट हामीले पनि सिक्ने कि ?

काठमाडौँ । समकालीन विश्वमा एलन मस्कको नाम नसुन्ने व्यक्ति कमै...

ओखलढुङगा कारागार र घरेलु इलम केन्द्र 

ओखलढुङगा कारागार र घरेलु इलम केन्द्र 

दण्ड अपराधको परिणाम हो।यसको सोझो सम्बन्ध समाजसँग हुन्छ।अपराधविहिन समाजको कल्पना...

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...