Sansar News- Online for Global Nepali

कर्मचारी सरुवापछि ओली निकटस्थ आयुक्तलाई नेकपा विवादको जिम्मा

संसार न्यूज़
४ हप्ता पहिले
कर्मचारी सरुवापछि ओली निकटस्थ आयुक्तलाई नेकपा विवादको जिम्मा

माघ २६, काठमाडौं । निर्वाचन आयोगले विवादास्पद नियुक्ती पाएका नवनियुक्त आयुक्त रामप्रसाद भण्डारीलाई नेकपा दल विभाजनसम्बन्धी विवाद सल्टाउने जिम्मेवारी दिएको छ । आयोगको गत शुक्रबार बसेको पूर्णं बैठकले आयुक्तहरुको जिम्मेवारी बाँडफाँड गर्दै भण्डारीलाई नेकपा विवादको जिम्मेवारी दिएको हो ।

जिम्मेवारी पाए लगत्तै भण्डारीले नेकपाको विवादसम्बन्धी कागजातको अध्ययन थालेका छन् । निर्वाचन आयोगले जनाएअनुसार भण्डारीलाई नेकपा विवादबारे अध्ययन गर्न तीन दिनको समयसीमा दिइएको छ ।

कानूनी र राजनीतिक विवादका बीच गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगसहित विभिन्न संवैधानिक निकायमा ३२ प्रमुख तथा पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ खुवाएकी थिइन् । निर्वाचन आयोगको रिक्त आयुक्त पदमा भण्डारी र डा. जानकीकुमारी तुलाधरले सपथ लिएका थिए ।

भण्डारी र तुलाधार नियुक्त हुनुपूर्व आयोगमा प्रमुख आयुक्तको रुपमा दिनेश थपलिया र आयुक्तहरुको रुपमा नरेन्द्र दाहाल र ईश्वरी पौडेल थिए । तर, नेकपा विवाद निरुपणको जिम्मेवारी भने विवादस्पद नियुक्ती पाएका भण्डारीलाई दिइएको छ ।

भण्डारीको नियुक्ती प्रश्नै प्रश्नमा

सरकारले सबैलाई झुक्याउँदै गत मंसिर ३० मा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेकै दिन संवैधानिक परिषदको बैठक बसेको थियो । जुन बैठकले कुनै निर्णय नगरेको बताइएपनि पछि प्रतिनिधि सभा विघटन (पुस ५)कै दिन नियुक्तीसम्बन्धी निर्णय सार्वजनिक गरिएको थियो ।

हाल सर्वोच्चमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेज गर्न माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिट विचाराधिन अवस्थामा छ भने संवैधानिक निकायमा नियुक्त भएका ३२ जनाविरुद्व संवैधानिक परिषदका सदस्यसमेत रहेका सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिट पनि विचाराधिन अवस्थामै छ ।

अधिवक्ता अर्यालले जारी अध्यादेशले संविधानको मुल मर्ममाथि नै प्रहार भएको जिकिर गर्दै पुस १ मा सर्वोच्चमा रिट दायर गरेका थिए भने सभामुख सापकोटाले माघ २३ मा नियुक्तीविरुद्व राष्ट्रपति कार्यालयसहित ३९ जनालाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।

राप्रपाका पुराना कानूनी सल्लाहकार हुन् भण्डारी

रामेछाप घर भएका भण्डारी पेशाले वरिष्ठ अधिवक्ता हुन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपा निकटका कानुनविद् भनेरसमेत चिनिन्छ ।

उनी कुनै बेला राप्रपा अध्यक्ष पशुपति शमशेर जबराको कानूनी सल्लाहकारसमेत थिए । पछिल्लो समय उनी ओली पक्षीय नेकपाका महासचिव विष्णु पौडेल नजिक रहेर काम गरेका थिए । उनको नियुक्तीको पछाडि विष्णु पौडेलको हात रहेको निकटस्थ बताउँछन् ।

कर्मचारी सरुवा पछि भण्डारीको आगमन

यसअघि माघ १ मा नेकपा विवादबारे अध्ययन गरिरहेका निर्वाचन आयोगका सहसचिव लक्ष्मीप्रसाद गौतमको सरुवा गरिएको थियो । दश महिनादेखि आयोगका कानूनी महाशाखामा कार्यरत गौतमलाई विनाकारण समय अगावै सरुवा गरिएको थियो ।

उनको ठाउँमा गृहमन्त्रालयमा कार्यरत ओली समूह निकट मानिने सहसचिव पुष्पक सापकोटालाई सरुवा गरिएको थियो ।

कर्मचारीको सरुवापछि विवादास्पद नियुक्तीका भण्डारीलाई नेकपा विवादको जिम्मेवारी दिइनुलाई चाँसोपूर्वक हेरिएको छ । राजनीति विश्लेषक पछिल्लो घटनालाई नेकपा विवाद आफुँ अनुकुल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले थालेको नयाँ सेटिङ्गको रुपमा टिप्पणी गरेका छन् ।

सर्बाधिक पढिएको

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक ३ हप्ता पहिले | संसार न्यूज़

३ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम  सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा…

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली २ हप्ता पहिले | संसार न्यूज़

११ फागुन, इजरायल । इजरायलमा कार्यरत एक नेपाली चेलीको अकस्मात…

त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका संशोधन गरिएको सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका संशोधन गरिएको सूचना २ हप्ता पहिले | संसार न्यूज़

६ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन…