Sansar News- Online for Global Nepali

को हुन् प्रचण्डसँग वार्तामा रहेका ओलीका मन्त्री ?

समर शर्मा
३ हप्ता पहिले
को हुन् प्रचण्डसँग वार्तामा रहेका ओलीका मन्त्री ?

माघ ३०, काठमाडौं । बुधबार काठमाडौंको भृकुटीमण्डपमा भएको विरोध सभालाई सम्बोधन गर्ने क्रममा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली समूहका दुई मन्त्रीसहित दर्जनौं नेता आफ्नो समूहमा आउन लागेको कुरा खुलासा गरेका थिए । उनले आफ्नो पक्षमा आउन लागेका मन्त्री र नेताहरु को हुन् भन्ने त खुलाएनन् तर, उनीहरुसँग वार्ता चलिरहेको भने खुलासा गरिदिए ।

प्रचण्डको उक्त खुलासासँगै प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा अहिले निकै ठूलो हलचल मच्चिएको छ । बालुवाटार उच्च स्रोतले बताएअनुसार अहिले प्रचण्ड समूहतर्फ फर्किन खोज्ने मन्त्रिहरुबारे छानबिन समेत चलाइएको छ ।

छानबिनको मुख्य तारोमा पूर्वमाओवादी नेताहरु परेका छन् । छानबिन सुरु भएको उदाहरणको रुपमा उर्जामन्त्री टोपबहादुर रायमाझीका स्वकीय सचिव लिला जिसीले निकालेको विज्ञप्तीलाई पनि लिन सकिन्छ ।

नेकपा विभाजनलगत्तै प्रधानमन्त्री ओलीले गत पुस १० मा मन्त्रिमण्डल पुनर्गठन गरेका थिए । उनले मन्त्रिमण्डल पुर्नगठन गर्दा पूर्व माओवादी समूहका ५ जना नेतालाई मन्त्री बनाएका थिए ।

टोपबहादुर रायमाझी, प्रभु शाह, मणि थापा, दाबा लामा र गौरीशंकर चौधरी समूह परिवर्तन गर्दा उपहारस्वरुप मन्त्री बनेका थिए । जसमध्ये केहिलाई सांसद नै नभएपनि मन्त्री बन्ने सौभाग्य मिलेको थियो ।

बादलसहित केहि मन्त्रि प्रचण्डप्रति निरन्तर आक्रामक

प्रधानमन्त्री ओलीको मन्त्रीमण्डलमा पूर्वमाओवादी समूहका ७ जना मन्त्रि छन् । जसमध्ये केहिले प्रचण्डप्रति निरन्तर आक्रामक अभिव्यक्ति दिँदै हिँडिरहेका छन् ।

गत माघ २३ मा ओली समूहले गरेको जनसभामा पूर्वमाओवादीका नेता तथा हालका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रचण्डलाई ‘जू’ मानै लगेर थुन्ने चेतावनीसमेत दिएका थिए । बादलजस्तै लेखराज भट्ट र प्रदेश २ का नेता प्रभु शाह पनि प्रचण्डविरुद्व निरन्तर आक्रोश पोखिरहेका छन् ।

मन्त्री बनेको केहि समयपछि आफ्नो चुनावी क्षेत्रमा पुगेका शाहले सार्वजनिक रुपमै ‘प्रचण्ड मुक्त देश’बनाईनुपर्ने भनाई राखेका थिए । उनको भनाईअनुसार देश प्रचण्डकै कारण संकटमा पुगेको हो ।

यता उर्जामन्त्री बनेका टोपबहादुर रायमाझी पनि निरन्तर प्रचण्डले माओवादी आन्दोलनलाई सिध्याएको आरोप लगाईरहेका छन् ।

ओली समूहभित्र अप्ठ्यारोमा छन् पूर्वमाओवादीका मन्त्री

ओली समूहमा लागेका अधिकांश पूर्वमाओवादीका नेता सैन्य बिनाका कमाण्डर जस्ता छन् । अधिकांश नेतासँग न कार्यकर्ताको जमात छ नत सहयोगीको । जसको कारण उनीहरु ओली समूहभित्र एक्ला परेका छन् ।

एक्ला परेका उनीहरुलाई ओली समूहभित्र पनि निकै पेलानको अनुभूति हुन थालेको छ । पछिल्ला सरकारी नियुक्तमा मात्रै होइन् समूहभित्रको कार्यविभाजनमा पनि उनीहरुलाई पाखा फालिएको छ ।

केहि साता अघि भएको ओली समूहको युवा र पत्रकारको भेलामा पनि पूर्वमाओवादी समूह बहिस्करणमा परेको थियो । जसको उनीहरुले सार्वजनिक रुपमै असन्तुष्टी पोखेका थिए ।

जसलगत्तै बादलले आफुँ निकटस्थलाई भेला पारेर ‘अप्ठ्यारोमा परियो, कता जाने ?’ भन्दै गुनासो गरेको कुरा बाहिरिएको थियो । उनले जाने ठाउँ नै नभएको पनि बताएको कुरा बाहिर आएको थियो ।

पछिल्लो घटनाक्रमसँगै अप्ठ्यारोमा परेका उद्योगमन्त्री लेखराज भट्टले पनि जनता समाजवादी पार्टीसँग वार्ता गर्न पुगेको विषय बाहिरिएको छ ।

यता मन्त्री मणि थापासँगै दाबा लामा तामाङ र गौरीशंकर चौधरी पनि मन्त्री बनेपनि सन्तुष्ट नरहेको बुझिएको छ । मन्त्री मणि थापाले पूर्वमाओवादीहरु एक हुनुपर्छ भन्दै लागेको विषय बाहिर आएको छ ।

प्रचण्डसँग वार्तामा को ?

निकटस्थका अनुसार बादल, लेखराज भट्ट, प्रभु शाह र टोपबहादुर रायमाझीलाई प्रचण्ड समूहमा फर्कन सजिलो छैन् । उनीहरु पछिल्लो ओलीभित्रको समीकरणसँगै अप्ठ्यारोमा परे पनि प्रचण्ड समूहतर्फ फर्कन सक्ने नैतिक अवस्थामा छैनन् ।

तर, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दाबा लामा तामाङलाई प्रचण्ड समूहमा फर्कन सजिलो छ । पार्टी विभाजनपछि मन्त्रि बनेका थापा, लामा र चौधरीका अभिव्यक्ति निकै सन्तुलीत छन् ।

विप्लव समूहसँग वार्तामा रहेका मन्त्रि मणि थापाले सार्वजनिक रुपमै मिल्नुको विकल्प नरहेको बताईरहेका छन् । उनले पूर्वमाओवादीहरु एक हुनुपर्ने कुरा पनि बेला–बेलामा बताउने गरेका छन् ।

राजनीतिमा पटक–पटक आश्चर्यलाग्दा घटनाहरु घटिरहेका हुन्छन् । प्रचण्डका अत्यन्तै निकट मानिएका नेता जसरी ओली समूहमा गएका थिए त्यसैगरि प्रचण्ड समूहतर्फ फर्किनुलाई अनौठो मान्न नपर्ने देखिन्छ ।

प्रचण्डको निकटस्थका अनुसार दुई जना मात्रै नभई पूर्वमाओवादी धेरै नेताहरु नै पुनः फर्किने सम्भावना बढ्दै गएको छ ।

सर्बाधिक पढिएको

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक २ हप्ता पहिले | संसार न्यूज़

३ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम  सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम सम्बन्धी सूचना २ हप्ता पहिले | संसार न्यूज़

२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा…

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर !

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर ! ४ हप्ता पहिले | संसार न्यूज़

माघ २१, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ तथा…

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली १ हप्ता पहिले | संसार न्यूज़

११ फागुन, इजरायल । इजरायलमा कार्यरत एक नेपाली चेलीको अकस्मात…