back

पाँच मुक्तक

वि.सं.२०७७ फागुन १ शनिवार

102 

shares
NTC AD
Global IME AD

१.
आफ्नैबाट स्वामित्व लुटिएको के कुरा गर्नु
बारम्बार निर्दोषी मन कुटिएको के कुरा गर्नु
अनुभवका व्यथा सोधे–पछाडिबाट कसैले
अभावको कराहीमा भुटिएको के कुरा गर्नु

२.
स्वार्थ हेरेर सम्बन्ध जोडेका रैछन् म के बुझ्थे
फाइदा लिन गन्तव्य मोडेका रैछन् म के बुझ्थे
आफ्नै लागेर समस्याको समाधान मागेको न हुँ
ममाथि शंकाको खोल ओडेका रैछन् म के बुझ्थे

३.
मोमोभित्रको मासुजस्तै पाक्छन् होला कुनैदिन
आत्मग्लानीले अनुहार ढाक्छन होला कुनैदिन
मेरो आँट, लगाव, विश्वास अनि धैर्यता लाई देखेर
मलाई गलाउन खोज्नेहरु थाक्छन् होला कुनैदिन

४.
बोरामा केही कोचेजस्तै कोच्न थाल्छन् यिनीहरु
पछाडि बस्छन् काँडा बनी घोच्न थाल्छन् यिनीहरु
निर्धक्क भई छाती फुलाएर हिड्नुहोस् त एकदिन
राम्रो नराम्रो अनेकथरी–सोच्न थाल्छन् यिनीहरु

५.
मनको दहभित्र जहर मिसाएर जान्छौ भने
स्वार्थको कुम्लो भारी बिसाएर जान्छौ भने
बिदाइको हात हल्लाउनु, बाहेक के गरौं म
तिमी मेरो प्रस्तावमा रिसाएर जान्छौ भने

वि.सं.२०७७ फागुन १ शनिवार ०७:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...