५ फागुन, काठमाडौं । नेपाल चिकित्सक संघ र एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिइुट नेपाल (अफिन) ले चिकित्सकले विरामी जाँच तथा परामर्श गर्दा लिने चिकित्सक शुल्कको परिमार्जन गरेका छन् ।
बु्धबार दुवै संस्थाले संयुक्त विज्ञप्ति निकालेर बुधबारैदेखि नयाँ शुल्क तोकिएको बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र स्वास्थ्यमा क्रियाशील रहेका ट्रेड युनियन तथा पेशागत संघसंस्थाको संयुक्त संघर्ष समितिबीच माघ ४ गते भएको सम्झौता अनुसरा आज देखि तोकिएको उक्त शुल्कलाई ३० दिनभित्रमा सम्बन्ध्ीत सबैले लागू गर्नुपर्ने बताएको छ ।
उक्त मूल्य कायम भएपछि पाँचवर्ष अनुभव भएका एमबिबिएस डाक्टरको ३७०, पाँचवर्ष अनुभव भएकाले ४५० तथा एमडी गरेर १० वर्ष अनुभव भएका डाक्टरले ८३५ रुपैयाँ शुल्क लिन पाउने बताइएको छ ।
त्यस्तै निजी क्षेत्रबाट सन्चलित अस्पतालहरुमा मासिक नियुक्ति लिई सेवा पुर्याउने मेडिकल अफिस (हाउस अफिस) हरुको पारिश्रमिकको हकमा ४२ हजार न्यूनतम् कायम गराउने निर्णय गरिएकाले त्यसको कार्यान्वयन गर्न सम्बन्धीत सबैलाई अनुरोध गरिएको छ ।