back

दैलेखमा टिकटकका कारण परीक्षा रद्द

वि.सं.२०७७ फागुन ६ बिहीवार

138 

shares
RBB AD
NTC AD

६ फागुन, दैलेख । सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो ।

आठबीस नगरपालिका–६ सिंहासैनको कालिका माध्यमिक विद्यालयका छात्र शाहीलाई राष्ट्रिय परीक्षा बोर्डले परीक्षा रद्द गरेको जनाएको छ । विसं २०७७ मङ्सिरमा सञ्चालित कक्षा १२ को परीक्षामा सहभागी छात्र शाहीले परीक्षाको समयमा भएका कामको टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकाले परीक्षा रद्द गरिएको बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।

त्यसैगरी टिकटकको विषयलाई लिएर विद्यालयमा निरीक्षकको रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई समेत परीक्षा बोर्डले तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारवाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको परीक्षा बोर्डले जनाएको छ ।

वि.सं.२०७७ फागुन ६ बिहीवार १४:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रदेश सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

प्रदेश सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै...

आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु

आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशमा विगत चारवर्षमा आगलागीबाट ५५ जनाको...

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत प्राप्त्...

सेताम्मे भए जुम्लाका स्याउ बगैँचा

सेताम्मे भए जुम्लाका स्याउ बगैँचा

जुम्ला । यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका...

हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक...

आज विश्वासको मत लिँदै मुख्यमन्त्री कँडेल

आज विश्वासको मत लिँदै मुख्यमन्त्री कँडेल

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत...