Sansar News- Online for Global Nepali

लागुऔषधसहित सुर्खेतका थापा पक्राउ

संसार न्यूज़
२ महिना पहिले
लागुऔषधसहित सुर्खेतका थापा पक्राउ

७ फागुन, कर्णाली । भेरीगङ्गा नगरपालिका–५ सुर्खेत कालीदमारबाट छ ग्राम ५९० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ । कर्णाली प्रदेश प्रहरी तथा लागुऔषध ब्यूरो र इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतको संयुक्त टोलीले बिहीबार बेलुकी ५ः०० बजे सुर्खेत–नेपालगञ्ज सडकखण्डको नेपालगञ्जबाट जहरेसम्म जाँदै गरेको बा४ख १९६१ नम्बरको यात्रुवाहक हाइस रोकी जाँच गर्ने क्रममा सोही गाडीमा सवार वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका १९ वर्षीय गणेश थापालाई पक्राउ गरेको हो ।

जाँचका क्रममा थापाको ज्याकेटको बाँयापट्टिको खल्तीमा तीनवटा प्लाष्टिकको पोका बनाई लुकाइछिपाई राखेको तीन ग्राम ४७० मिलीग्राम र तीन ग्राम १२० मिलीग्राम धुलो पदार्थ गरी छ ग्राम ५९० मिलीग्राम लागुऔषध ब्राउन सुगर फेला पारिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

सहप्रवक्ता श्रेष्ठका अनुसार पक्राउ परेका युवकको साथबाट लागुऔषध नाइट्राभेट ट्याब्लेट तीन पत्ताभित्र २९ ट्याब्लेट, प्रोक्सिवेल स्पास नामक तीन पत्ताभित्र २४ ट्याब्लेट, प्रोक्सिवोन प्लस ट्याब्लेट एक पत्ताभित्र १६ ट्याब्लेट, नेपाली रु एक हजार ५०५ र एक थान भिभो कम्पनीको मोबाइल बरामद गरी कारवाहीका लागि उनको आवश्यक अनुसन्धान भइरहेको छ ।
रासस

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ५ दिन पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…