७ फागुन, काठमाडौं । नेपाल चिकित्सक संघ र एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्च्यिुटट नेपाल (अफिन) ले चिकित्सकले विरामी जाँच तथा परामर्श गर्दा लिने चिकित्सक शुल्कको परिमार्जन गरेकोप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
ती दुई संस्थाद्धारा गरिएको शुल्क परिमार्जन सम्बन्धी एकलौटी निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले त्यसमा आफ्नो सहमति नरहेको समेत बताएको छ ।
‘२०७७ माघ ४ गते यस मन्त्तालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको कमिटिसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले थप निर्णय गर्नुपर्ने तथ्यलाई नबुझी एकलौटी रुपमा चिकित्सक संघ र एफिनद्धारा वृद्धि गरिएको शुल्क प्रति मन्त्रालयको सहमति नरहेको जानकारी गराइन्छ,’ मन्त्रालयद्धारा बिहीबार जारी बिज्ञप्तिमा भनिएको छ, ‘ यसअघि मन्त्रालयबाट गठित परामर्श शुल्क सिफारिस समितिले सिफारिस गरेको शुल्क वृद्धि गर्ने अवस्था रहदैन । तर्सथ आवस्यक थप गृहकार्य र मन्त्रालयसँग परामर्श गरी मात्र यस किसिमको निर्णय गर्न उचित हुन्छ । अन्यथा सर्वसाधरणमा थप दुविधा उत्पन्न भई सेवामा असर पुग्न सक्छ तर्सथ सम्बन्धीत पक्षलाई यस मन्त्रालय ध्यानाकर्षण गराउँछ ।
बढ्यो विरामी जाँचेको शुल्क, हेर्नुहोस् कुन डाक्टरले कति लिन पाउने छन् त ?