देशमा संविधान मिचेर
प्रतिगमनकारी कदम चालेर
लोकतन्त्रको चीरहरण गर्ने
तानाबाना बुनिरहेको बेला,
सत्ताको तावेदारी गरेर
जनतामा भ्रम फैलाएर
सर्वसत्तावादको भजन मण्डली गर्ने
प्रतिगमनको मतियार बन्ने संगठन होइन,
जनताको अधिकारका लागि
संविधानको रक्षाका लागि
अग्रगामी सुधार र परिवर्तनको लागि
शसक्त आवाज उठाउने संगठन चाहिएको छ,
देशको सीमा मिचिएको वेला,
जथाभावी विदेशी नागरिक आउन दिएर
जनसंख्या अतिक्रमण वढदै गएको वेला,
विकास र सहयोगका नाममा
राष्ट्रिय हित र सुरक्षामा आँच पुग्ने
एमसीसी जस्ता परियोजना भित्राएर
विदेशीहरुको हस्तक्षेप हुन नदिने,
राष्ट्रियताको पक्षमा शसक्त आवाज उठाउने,
संगठन चाहिएको छ ।
जनताले वलिदानी गरेर ल्याएको
लोकतान्त्रिक शासन व्यवस्थामा
गाँस,बाँस कपासको समुचित व्यवस्था गराउन
सामाजिक न्याय सहित सुख र,
समृद्धिका लागि आवाज उठाउने
संगठन चाहिएको छ ।
सबै खाले अवसरवादका
विरुद्ध आवाज उठाउने,
सामुहिक हितका लागि निरन्तर
संघर्ष गर्न वाटो देखाउने
मलाई विचारको संगठन चाहिएको छ ।