सत्ता र भत्ताकै लागि हानथाप, मारामार छ
आमा छोरी बेची खाने तयारीमा अत्याचार छ ।
तै चुप मै चुप ! अतिसार लाग्ने गरी घिचे नि
राष्ट्रको बिकास गर्छु भन्ने जति अंशियार छ ।
सत्यबादी बन्दै खान्छन् सपथ देश बनाउँने
हात्ती बिटो देखे, भुल्ने चलन अपरम्पार छ ।
भरोसा गर्न लायक भएनन् कोही राजनेता
तब समाधान बिनाको समस्या असम्भार छ ।
जति लोलोपोतो घस राष्ट्रसेवक मै हुँ भन्दै
निर्क्यौल सबैको गिद्दे नजर बालुवाटार छ ।