८ फागुन, काठमाडौँ । नवनिर्मित जलविद्युत कम्पनीको खुद नाफा गणना गर्दा बिक्री आयमा औषत ७५ प्रतिशत बढि कट्टी गर्ने भनेको ऋणको साँवा ब्याज र ह्रास कट्टी नै हो । दुबै शिर्षकमा काटेको रकम ऋण लिएको बैंकहरुलाई ऋणको सावाँ ब्याज बुझाउन प्रयोग गरिन्छ ।
ह्रास कट्टी (Depreciation) कट्टा गर्ने भने कम्पनी अनुसार फरकफरक बिधि रहेछन् ।
केही कम्पनीहरुले उत्पादन शुरुआत का बर्षहरुमा फ्लाट दरमा बढि ह्रास कट्टी गर्दा रहेछन । यसो गर्दा कम्पनीको शुरुआतका बर्षहरुमा नाफा (eps) कम हुने र पछिल्ला बर्षहरुमा नाफा बढ्दै जाने रहेछ ।
केही कम्पनीहरुले उत्पादन शुरुआतका बर्षहरुमा कम ह्रास कट्टी गर्दा रहेछन।यसो गर्दा कम्पनीको शुरुआत का बर्षहरुमा नाफा बढि देखिने र पछिल्ला बर्षहरुमा नाफा घट्दै जाने रहेछ ।
उदाहरणका लागि लगभग सगै उत्पादन शुरुआत भएका २ जलविद्युत कम्पनी प्रस्तुत गरेको छु :
१) akpl : २५ मेगावाट क्षमताको ५.५ अर्ब पुर्बाधार सम्पत्ति भएको akpl ले २०७७/७८ को ६ महिना अबधिमा २.४७ करोड रुपैयाँ मात्रै ह्रास कट्टी गरेको छ।यसले कम्पनीको नाफा धेरै देखाएको छ ।
२) mhnl : २२.१ मेगावाट क्षमताको ५ अर्ब भन्दाकम पुर्बाधार सम्पत्ति भएको कम्पनीले २०७७/७८ को ६ महिनामा ९.२७ करोड रुपैया ह्रास कट्टी गरेको छ।यसले कम्पनीको शुरुआती बर्षहरुमा नाफा अत्यन्तै कम देखाउछ।
त्यसैले भर्खरै उत्पादन शुरुआत भएको जलविद्युत कम्पनीमा लगानी गर्नु अघि उसले ह्रास कट्टी बापत कति रकम कट्टा गरेको छ बुझ्नु होला । न्यून ह्रास कट्टी गरेर नाफा धेरै देखाउने कम्पनीबाट सजग हुनु होला ।
यो पनि हेर्नुहोला