Sansar News- Online for Global Nepali

आज आइतबार, राशिफल हेरेर सुरु गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !

संसार न्यूज़
१ हप्ता पहिले
आज आइतबार, राशिफल हेरेर सुरु गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । समय दिन नसक्दा काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । शुभचिन्तकहरू समेत टाढा हुनेछन् । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । अवसरका लागि दौडधुप गर्नुपर्ला ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । ऋण तथा कर्जा पनि चुक्ता गर्न सकिनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विशेष कर्म प्राप्तिको योग छ । तर अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला । सामाजिक जिम्मेवारी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । आँटेको काम सिद्ध गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ । लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ । समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्य कमजोर रहनेछ भने केही प्रतिकूल परिस्थितिसँग जुध्नुपर्नेछ । अशक्त अवस्थामा व्यस्तता बढ्नेछ । प्रतीक्षित नतिजा कमजोर हुनाले काम दोहोर्याउनुपर्ला । हुलमुलमा धनमाल हराउन सक्छ । लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला । गोप्य सूचना बाहिरिनाले अप्ठ्यारो पर्ला । बेसुरमा गरिएको काम दोहोर्याउनुपर्ने हुन सक्छ । समयमा गम्भीर नबन्दा व्यर्थैमा दुःख पाइनेछ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिवारजनको साथ जुट्नाले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ । भौतिक वस्तुहरू जुटाउन सकिनेछ । तर विवादास्पद निर्णयले समस्या निम्त्याउन सक्छ ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । प्रतिपक्षीहरू समेत परिस्थितिले सहयोगी बन्नेछन् । प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । पहिले दुश्मनी गर्नेहरूले भने केही समस्या निम्त्याउन सक्छन्, सजग रहनुहोला ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । आम्दानीका स्रोत पनि बढ्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ । आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ । बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ । टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन् । दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अवसर र व्यवधानका बीचबाट कर्मफल प्राप्त हुनेछ । अरूको विश्वास जित्न केही समय लाग्नेछ । तापनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ । सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ । भौतिक साधन पनि जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीबाट जोगिएर काम गर्नुहोला ।

२०७७ फागुन ९ गते, आइतवार, (२१ फे्रबअरी २०२१)
उपप्रा। लक्ष्मीप्रसाद बराल ९फलितज्योतिषाचार्य० ९८४१३५२१६४

तपाईको आज (शनिबार) को राशिफल भन्छ–आज यी चार राशिकाले दिनुपर्नेछ विशेष ध्यान !

 

सर्बाधिक पढिएको

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक २ हप्ता पहिले | संसार न्यूज़

३ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम  सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम सम्बन्धी सूचना २ हप्ता पहिले | संसार न्यूज़

२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा…

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर !

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर ! ४ हप्ता पहिले | संसार न्यूज़

माघ २१, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ तथा…

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली १ हप्ता पहिले | संसार न्यूज़

११ फागुन, इजरायल । इजरायलमा कार्यरत एक नेपाली चेलीको अकस्मात…