back

मौरी र सुन्तला जोनको सफलतापछि नयाँ जोनको लागि सिफारिस

वि.सं.२०७७ फागुन ९ आइतवार

99 

shares
NTC AD
Global IME AD

९ फागुन, जाजरकोट । मौरी र सुन्तला जोनको सफलतापछि जाजरकोटमा नयाँ जोनको सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटद्वारा थप नयाँ तीन सूची राखेर प्रस्ताव अगाडि सारिएको छ ।

नयाँ सिफारिसमा दलहन बाली, ओखर र बाख्राको जोन बनाउन पहल थालिएको छ । कृषि विकास कार्यालय, सातै वटा स्थानीय तहका कृषि शाखा र जिल्लाका सरोकारवाला निकायसँग व्यापक छलफल गरी नयाँ सूची बनाएर गृहकार्यमा लागेको परियोजनाका प्रमुख पिताम्बर बस्नेतले बताए । नयाँ सिफारिस गरिएका सूची जाजरकोटमा अत्यधिक मात्रामा सम्भावना भएको मध्येमा पर्दछ ।

यसअघि सञ्चालनमा रहेका मौरी र सुन्तला जोनले व्यापकरूपमा जनताको मन जितेपछि नयाँ सूचीकरण गरी प्रस्ताव गरिएको हो । सम्भावना हुँदाहुँदै आवश्यक सहयोगको अभावमा कृषकले समस्या भोगेको गुनासो आएसँगै नयाँ सूची निर्माण गरि काम गर्न लागिएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले जानकारी दिए । अहिले जाजरकोटको मह नेपाल मात्र नभएर विश्वका धेरै मुलुकमा निर्यात हुनेगरेको छ ।

त्यस्तै जाजरकोटमा उत्पादन हुने महका विषयमा अध्ययनका लागि विदेशबाट अनुसन्धाता पुगेका छन् । सरकारको १० वर्षे कार्यक्रमभित्र जाजरकोटले आर्थिकरूपमा धेरै फाइदा लिन सक्ने अपेक्षा लिइएको छ ।

वि.सं.२०७७ फागुन ९ आइतवार १०:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

घोडाघोडी (कैलाली) । चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली...

प्रधानमन्त्री रोजगार कार्यक्रम व्यवस्थित बनाउन संवाद मञ्च गठन

प्रधानमन्त्री रोजगार कार्यक्रम व्यवस्थित बनाउन संवाद मञ्च गठन

सिमकोट (हुम्ला) । रोजगारीका नयाँ अवसरको पहिचान गर्न र प्रधानमन्त्री...

बजेट थप नहुँदा कर्णालीमा पाँच सय भन्दा बढी योजना कार्यान्वनमा समस्या

बजेट थप नहुँदा कर्णालीमा पाँच सय भन्दा बढी योजना कार्यान्वनमा समस्या

काँक्रेविहार (सुर्खेत) । कर्णालीमा प्रदेशसभाबाट पारित भई कार्यान्वनमा जानुपर्ने पाँच...

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

भेरीगङ्गा (सुर्खेत) । नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा...

तिला नदीमा माछा मार्न गएका किशोर बेपत्ता

तिला नदीमा माछा मार्न गएका किशोर बेपत्ता

मान्म (कालीकोट) । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ मा तिला नदीमा...

बाटो अवरुद्ध हुँदा विद्यालय आवतजावतमा समस्या

बाटो अवरुद्ध हुँदा विद्यालय आवतजावतमा समस्या

सिमकोट (हुम्ला) । सिमकोट गाउँपालिका–४ मा रहेको हिल्दुम गाउँ र...