back

तपाईको आज (सोमबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त विशेष फाइदा !

वि.सं.२०७७ फागुन १० सोमवार

213 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । व्यवसायमा मनग्य धनलाभ हुनेछ । आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ । विचारले प्रशंसकहरू बढ्नेछन् । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ । सानो प्रयत्नले काम बन्नेछ । सहयोगीहरूले साथ दिनेछन् । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम बन्नेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुने छ । प्रेम र मित्रताको बन्धन पनि कसिनेछ । परम्परालाई समयसापेक्ष सुधार गर्न सफल भइनेछ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला । भैपरी आउने खर्च बढ्नाले अर्थ अभावको स्थिति रहनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ । केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। कामबाट तत्काल फाइदा नहुन सक्छ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ । परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । व्यापार तथा साझेदारीमा लाभ हुनेछ । मिहिनेत गर्दा काममा अनुमानभन्दा बढी फाइदा उठाउन सकिनेछ । लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आफ्नो क्षेत्रमा दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ । धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिबन्धले समस्या निम्त्याउन सक्छ । गोपनीयता बाहिरिनाले समस्या पर्नेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ । मिहिनेत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । आयस्रोत कमजोर बन्नेछ भने फजुल खर्च पनि बढ्न सक्छ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । काममा साथीभाइबाट सहयोग मिल्नेछ । बलजफ्तीले काममा अवरोध निम्त्याउन सक्छ, सजग रहनुहोला ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन् । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । हिम्मतले जटिल काम समेत बन्नेछ र उपलब्धि प्राप्त हुनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुने छ । व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ । अवसरका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ । हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

२०७७ फागुन १० गते, सोमवार, २२ फेब्रअरी २०२१
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज आइतबार, राशिफल हेरेर सुरु गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !

वि.सं.२०७७ फागुन १० सोमवार ०७:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD