फागुन १०, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयर मूल्यमा लगातार सर्किट देखिएको छ । सोमबार पनि कारोबार सुरु भएको १ मिनटमै कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ । यो शेयर बजारमा निरन्तर देखिएको सातौं सर्किट हो ।
सातौं सर्किटसँगै बैंकको प्रतिशेयर मुल्य ६६० पुगेको छ । यसअघि आइतबार बैंकको प्रतिशेयर मुल्य ६०० मा कारोबार बन्द भएको थियो ।
गत फागुन २ गते (आइतबार) ३४० रुपैयाँमा पहिलो कारोबार सुरु भएको बैंकको शेयर कारोबार सुरुको दिनदेखि नै निरन्तर सकारात्मक सर्किट लेभलमा छ ।
समाचार तयार गर्दासम्म १० लाख ८८ हजार बढि शेयर खरिद आदेश छ । यद्यपित बिक्रीतर्फ भने एउटा पनि पोष्ट भएको छैन् ।
के अझै बढ्ला शेयर मुल्य ?
गत सातादेखि दोस्रो बजारमा कारोबार सुरु भएको निफ्राको शेयरमा निरन्तर सकारात्मक सर्किट लाग्दै आएको छ । यसैको प्रभाव आगामी समय पनि बजारमा पर्ने देखिने बजार विश्लेषकहरुको भनाई छ।
शेयरको मुल्य माग उच्च र आपूर्ति कम हुँदा मूल्य बढ्ने गर्छ । अहिले बेच्नेभन्दा किन्ने बढि छन् । विश्लेषकहरुको भनाईअनुसार यो क्रममा यो सातासम्म नै रहन सक्ने सम्भावना छ ।
अहिले कतिपय लगानीकर्ताले चनाखोपूर्वक शेयर होल्ड गरिरहेका पनि छन् ।