१० फागुन, काठमडौँ । अष्ट्रेलिया र न्यूजिल्याण्ड बिच ओवलमा चलिरहेको पहिलो टि-२० न्यूजिल्याण्डले अष्ट्रेलियालाई जितको लागि १८५ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको न्यूजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १८४ रन बनाएका छ । न्यूजिल्याण्डका डेभव कोन्वेले पहिलो टि-२० मा सतक बनाउनबाट १ रनले चुकेका छन । उनी ५९ बलमा ९९ रन बनाएर नटआउट रहेका थिए । त्यसक्रममा उनले १० चौका र ३ छक्का प्रहार गरेका थिए । त्यसैगरी न्यूजिल्याण्डका लागि ग्लने फिलिपले ३०, जिमी निशमले २६, केन विलियमसनले १२ रनको पारी खेलेका थिए ।
अष्ट्रेलियाका लागि बलिङ्गमा भने डेनियल श्याम्स, जे रिचार्डसनले सर्वाधिक २/२ विकेट निकालेका थिए भने मार्कस स्टोइनिसले १ विकेट लिएका थिए ।
पहिलो टि-२० मा जित निकाल्दैँ ५ खेलको टि-२० श्रृखलामा १-० ले अग्रता लिन अष्ट्रेलियाले २० ओभरमा १८५ रन बनाउनु पर्ने छ ।