१० फागुन, काठमाडौं । यदि तपाई कुनैपनि देशबाट नेपाल फर्कदै हुनुहुन्छ भने यो फारम अवस्य भर्नुहोला ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण नेपाल सरकार स्वास्थ्य मन्त्रालयले विदेशबाट आउने नेपाली नागरिकको हकमा यस्तो व्यवस्था गरेको हो । यदि यो फारम नभरेमा तपाईलाई नेपाल आउनका लागि समस्या हुन सक्नेछ ।
स्वास्थ्य मन्त्रालयको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को वेवसाइटमा गएर यो फारम भर्न सकिने छ ।
फारममा जसमा तपाई कुन देशबाट आउँदै हुनुहुन्छ ? आउने मिति, नामथर, जन्म मिति, नागरिकता नं, तपाईको जिल्ला, नामथर, होटलमा बस्ने भए होटलको नाम, लगायतमा कहि टिक लगाउने र कहि नाम लेख्नुपर्ने हुन्छ ।