Sansar News- Online for Global Nepali

पर्यटनको सम्भावना बोकेको बर्जुताल

मोहन ढकाल/खगेन्द्र कार्की
२ महिना पहिले
पर्यटनको सम्भावना बोकेको बर्जुताल

सुनसरी जिल्ला मात्र नभएर एक नम्बर प्रदेशमै ताजहरुको राजाको रुपमा चिनिँदै सुनसरीको बर्जु गाउँपालिका अन्तर्गतको बर्जुताल । विभिन्न आरोह र अवरोहका बीच केही वर्ष यता चर्चाको रहेको छ उक्त ताल । बर्जु ताल सामान्य ताल मात्र नभएर असामान्य प्रकारको तालका रुपमा सिंगारिन आतुर देखिन्छ । पर्यटन प्रवद्र्धनका निम्ति ठूलो सम्भावना बोकेको यस तालको संरक्षण र सम्बद्र्धन र संरचना निर्माणमा देशका तीन तहका सरकार तथा सम्बन्धित मन्त्रालय, विभाग र निजी क्षेत्र मिलेर राष्ट्रिय गुरुयोजनाका साथ काम गर्ने हो भने देशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विश्वमाझ नेपाललाई चिनाउने थप सम्पदा बन्न सक्छ ।

यस्तो ताललाई प्रवद्र्धनका निम्ति स्वतन्त्र पत्रकारको भूमिका रहनुपर्ने निस्कर्षका साथ स्वतन्त्र पत्रकार संघ सुनसरीको टिमबाट पत्रकारहरु खगेन्द्र कार्की, मोहन ढकाल, जनक पाण्डे र सहदेवी कार्की तालको प्रवद्र्धन र विकासमा सञ्चार क्षेत्रको योगदान पु¥याउने उद्देश्यका साथ केही कार्यक्रमसहितको एजेण्डा बोकेर अवलोकन भ्रमणमा निस्कियौं । इटहरीबाट दुहवी हुँदै वढी गाउँपालिकाको हुँदै नहरको बाटो भएर चिमडीबाट दक्षिण बर्जु गाउँपालिका पुगियो । सडक बिस्तार र निर्माणको क्रममा रहेको अवस्थामा कच्चि बाटोबाट धुलो बेकेर बर्जु गाउँपालिका पुगेका थियौं । खिया लागेको गेट भित्र बर्जु गाउँपालिका लेखिएको भवन हेर्दा त लाग्थ्यो बर्जु गाउँपालिकाको भवन निकै जिर्ण र सामान्य छ । तर नजिकै पुगेर पश्चिम फर्कदा आलिशानको भवन १ करोड बढीको लागतमा निर्माणाधिन रहेको पाइयो । धुलोको असरबाट गाउँपालिका पुग्ने वित्तिकै पानी खोजेर पखाल्ने र मुख धुने काम गरिएको थियो । हामी उक्त गाउँपालिका पुग्दै गर्दा उपाध्यक्ष (पछि थाहा भएको) संगीता कुमार राय गाडीमा चढेर हिंड्नु भयो । हामी हातमुख सफा गरेर केही युवा र युवती बसिरहेको स्थानमा गएर सोध्न थाल्यो । त्यहाँ रहनु भएका समूहमा कार्यालय सचिव सृजना क्षेत्री र इन्जिनियर अजयकुमार मेहता हुनुहुँदो रहेछ । उहाँहरुसँगको सोधखोजमा थाहा भयो अध्यक्ष रघुनन्दन चौधरीसहित लेखा प्रमुख र अन्य केही कर्मचारीहरु भारतका केही स्थानको निजी भ्रमणमा जानु भएको रहेछ । त्यसपछि उपाध्यक्षको कुरा आयो अनि थाहा भयो हामी आउने वित्तिकै गाडी लिएर हुइँकिने महिला त उपाध्यक्ष राय पो हुनुहुँदो रहेछ । अनि हाम्रा केही कार्यक्रमका सम्बन्धमा उपमेयरलाई सुनसरी अध्यक्ष खगेन्द्र कार्कीले मोबाइलमा सम्पर्क गरेर संघका कार्यक्रम र उद्दश्यका विषयमा कुरा राखेपछि उपाध्यक्षज्यूले कागजात सचिव सृजना क्षेत्रलाई दिनु होला । अध्यक्षज्यू नभएको र हामीबीचमा छलफल पछि आवश्यक परामर्शमा रहनेछौं भनेपछि हामीले केही छिनको कुराकानी पछि सञ्चार क्षेत्रले गर्नुपर्ने कार्यक्रम र उद्देश्यसहितको प्रस्ताव र निवेदन सचिव सृजना ज्यूलाई जिम्मा लगायौं । त्यसपछि बर्जु गाउँपालिकको सम्पत्तिका रुपमा संरक्षित रहेको तालको अवलोकन भ्रमण गर्ने निर्णय गरियो र त्यहाँ देखिनु भएका इन्जिनियर मेहेतालाई अनुरोध मात्र गरेनौं सचिव सृजनाको अनुमतिसमेत माग्यौं र तालको अवलोकन ग¥र्यो ।

अवलोकन भ्रमण अगाडि तालको सन्दर्भमा हाम्रो मनस्पटमा रहेको भन्दा हजारौं गुणा बढी फरक र फराकिलो पाइयो । तालको डिलमा पुग्ने वित्तिकै साथीहरु जताततै तस्बिर लिन आतुर देखिनु भएको थियो । हामीसँग तालका सन्दर्भमा अत्यन्तै नजिकबाट हेरिरहनु भएका ज्ञाता, शालिन र भद्र इन्जिनियरसँग रहेकाले वस्तुस्थिति बुझ्न गा¥हो भएन । तालको डिमा प्रवेश गर्ना साथ पानी चराहरुले उडान भेर लाग्यो कि प्रकृति, पानी र चराले हामीलाई स्वागत गरिरहेको छ । हाम्रो आँखा तालको उपल्लो छेउसम्म फिजारियो । तालको एक साइड झण्डै आधिभन्दा बढी भाग पानी र पानीमा जिउने केही अमूल्य झारपात र रुखहरु तालसँगै आफ्नो जैविकता जोगाइरहेका थिए । त्यही झारपात, रुख र पानीको तालसँग जीवनयापान गर्ने ति पानीचराहरु रमइरहेका देखिन्थे, उडान भरिरहेका थिए । तालको मनोरम दृष्यले मन विभोर भयो । अलिक भाबुक पनि बनियो । धरान–विराटनगर–इटहरुी जस्ता कोलाहलपूर्ण, धुवाधुलोबाट केही पर टाढा घुम्न जाने सोच बनाएकाहरुलाई बर्जुताल उत्कृष्ट गन्तव्य भएको पाइयो । बर्जुतालले वरपर पर्यटकहरुको लागि नयाँ गन्तव्य खोजि गर्न थालेको बेला तराईका लागि पोखराको फेवाताल अनि काठमाडौंको रानीपोखरीको झझल्को र तिर्सना मेटाइदिन्छ भन्दा फरक नपर्ला । प्राकृतिक तत्व पर्यावरण हावा, पानी, जमिन र जंगल जलवायु परितर्वन जैविक विविधता हामी मानव जगत समाजका सबै पक्षहरु पंकतिसँग जोडिएर पर्यावरणको हित र सन्तुष्टिका लागि ताल र सिमसारहरुको संरक्षण र विकास गर्दै लानु अपरिहार्य भएको छ ।

जाडो महिनाभरि तालमा पानी चरा रहने र गर्मीयाममा अर्कै ताल र सिमसार खोज्दै अन्य देश पलायन हुने इन्जिनिर मेहेताले बताउनु भयो । ति चराहरुको संरक्षणका निम्ति उनीहरुको बासस्थान र अनुकूल वातावरण मिलाउँदै झार, जंगल, बोटबिरुवा र तालको प्राकृत जैविक गुण जोगाई राख्न प्रयास भईरहेको मेहेताले बताउनुभयो । क्रमशः हामी अघि बढ्यौ । पार्कको चिल्डे«न पार्क देखा प¥र्यो । चिल्ड्रेन पार्कको अगाडि पिकनिक खान आएका बालबालिकाहरु नाचगानमा रमाइरहेका देखिन्थे । यहि मौका छोपी हामीले पनि अनुमति लिएर चिल्ड्रेन पार्क अवलोकन ग¥र्यो । बालबालिकाहरुलाई प्रफुल्ल बनाउन गार्डेनसहितको चिप्लेटी, झुलुङ्गा, हात्ति, जरायोका मुर्ति आदि इत्यादि रोमाञ्चक ढंले सजाइएका रहेछन् । हामीले पनि चिल्ड्रेन पार्कका केही तस्बीर कैद गरिम् । हाम्रो अवलोकन अगाडि बढ्दै गयो । तालको बाहिरी भागमा पिकनिक स्पोर्टहरु निर्माण भइरहेका छन् । छेउमा ताल अवलोकन गर्न १०० फिट अग्लो भ्यु टावर निर्माण भइरहेको छ । ताललाई दुई भागमा विभाजन गरिएको रहेछ । ३० विगाहा जमिनमा बोटिङ र नाउ जलक्रिडा गर्नका लागि जलभण्डार क्षेत्र रहेको र अर्को क्षेत्र ६० विगाहाको बोटबिरुवा, झारपात, जैविक विविधता जोगाउन चराचुरुङ्गी बढाउन संरक्षण गरिएको रहेछ । दुवै ताल खण्डको बीचमा केही टापु जसभित्र वनजंगल रहेको देखियो । यि टापुहरुमा थारु संग्रहालयलगायत बनाउने लक्ष्य रहेको इन्जिनियर मेहेताले बताउनु भयो । केही थान पानीका बोट र राष्ट्रिय झण्डावाहक इन्जिन नाउमा आन्तरिक पर्यटक जलकृडा गरिरहेका आकाशमा चरा उडिरहेको राम्रो दृश्य देखियो ।

तालको ड्याम क्षेत्र झन्नै ५ किलोमिटर परिक्रमा गर्नु पर्ने रहेछ । उक्त ड्याम नेपाल आर्मीले निर्माण गरिदिएको इन्जिनियर मेहेताको भनाई छ । ताललाई अझ प्राकृत बनाउन बाटोभरी प्लेट, ढुंगाले कापिने योजना रहेको र तालको कूल क्षेत्रफल १ सय ५२ विगाहमा फैलिएको र तारबारले घेरिँदै संरक्षणमा जोडिदिएको इन्जिनियर मेहेताले बताउनुभयो । विराटनगर गुन्द्री बजारबाट ताल क्षेत्र पुग्न २० मिनेटको पक्की पिच बनिएको छ । सो सडक देवानगञ्ज हुँदै इनरुवा पुग्ने लक्ष्यका साथ पिच निर्माण भईरहेको छ । बर्जुबाट इटहरी जोड्ने सडकको टेण्डर भइरहेको छ । यसरी चारैतर्फ सडक सञ्जालले जोड्दा ठूला सहर बीचको बर्जुतालले काँचुली फोर्न आन्तरिक पर्यटकको लागि आकर्षक रोजाईको केन्द्र बन्ने छ । बर्जु आफैमा प्राकृतिक रमणीय ठाउँ रहेको बुढी नदीको पानी चन्द्रा मोना नहरले त्यस क्षेत्रमा सिंचार्य दिने हँुँदा कृषि उपज किसानहरुको लागि रोजाइृको क्षेत्र बनेको छ । मोरङ विराटनगरको अन्तर्राष्ट्रिय एयरपोर्ट बन्ने जमिन झण्डै ७ सय २० किमी क्षेत्र बर्जु गाँपालिका वार्ड नं. १ मा पर्न जाने हुँदा बर्जुताल भविष्यमा अन्तर्राष्ट्रिय पर्यटकको रोजाई समेत पर्न जाने सम्भावना देखिन्छ ।

सर्बाधिक पढिएको

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ३ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ३ हप्ता पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…

आफ्नै निर्देशन नमान्ने सानिमा बैंकलाई राष्ट्र बैंककाे झण्डै २४ करोड जरिवानाबाट उन्मुक्ति

आफ्नै निर्देशन नमान्ने सानिमा बैंकलाई राष्ट्र बैंककाे झण्डै २४ करोड जरिवानाबाट उन्मुक्ति ६ दिन पहिले | संसार न्यूज़

२० वैशाख, काठमाडाैं । सानिमा बैंकले नेपाल सरकारलाई करीब २४…

हनिमुन मनाउन गएका शरिक दम्पत्ती २१ महिना कतारको जेलमा, जेलमै जन्मिइन् छोरी

हनिमुन मनाउन गएका शरिक दम्पत्ती २१ महिना कतारको जेलमा, जेलमै जन्मिइन् छोरी ३ हप्ता पहिले | संसार न्यूज़

३ बैशाख, भारत । हनिमुन मनाउन कतार गएका एकजोडी विना…