फागुन १०, काठमाडौं । प्रदेश २ को प्रमुखमा नियुक्त पाएका डा. राजेश झा ‘अहिराज’ले आफ्नो कार्यालयमा पृथ्वीनारायण शाहको तस्बिर राखेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरसँगै पृथ्वीनारायण शाहको तस्बिर राखेका हुन् ।
शाहको तस्बिर भण्डारी र ओलीको भन्दा निकै ठूलो र पूर्णंकदको राखिएको छ ।
झालाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार प्रदेश २ को प्रमुखमा नियुक्त गरेकी थिइन् । मधेश विज्ञको रुपमा परिचय बनाएका झा राष्ट्रियताको विषयमा वकालत गर्ने अभियान्ता भनेर पनि स्थापित छन् ।
सम्बन्धित समाचार
मधेश विज्ञको पहिचान बनाएका ‘अहिराज’लाई प्रदेश प्रमुखको जिम्मा