Sansar News- Online for Global Nepali

तपाईको आज (मंगलबार)को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त विशेष लाभ ?

संसार न्यूज़
२ हप्ता पहिले
तपाईको आज (मंगलबार)को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त विशेष लाभ ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ । आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला । समयको प्रतिकूलताले काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा हुनेछन् ।

बृष-इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आम्दानी भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । चिताएका काम गर्ने क्रममा बाधा आउन सक्छ । तापनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक फाइदा हुनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । तर समयमा सजग नहुँदा आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने मौका प्राप्त हुनेछ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अस्वस्थताले काममा जुट्न नसकिए पनि बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ । काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ । तर आफ्नो कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । काममा दोहोर्याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ । रोकिएका काम बन्नाले काममा उत्साह जाग्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ ।

बृश्चिक-तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थिति सामान्य अनुकूलै रहे पनि अस्वस्थताले काममा बाधा पुग्न सक्छ । घर–व्यवहारले पनि अल्मल्याउन सक्छ । नयाँ काम थाल्न समय पर्खनुपर्ला । अध्ययनमा त्यति समय दिन नसकिएला । तापनि मिहिनेतले सफलता दिलाउनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ । सन्तान वा अनुयायीको सल्लाह, सहयोगले लाभ दिलाउनेछ ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । काम बिग्रने डरले सताउनेछ। अरूको फाइदाका लागि उपयोग भइएला । महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला । साथीभाइ टाढिनाले रोकिएको काम बनाउन समस्या पर्ला । साझेदारीको सामान्य समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ ।

मकर-भो, ज, जि, खि, खु, खे, खो, गा, गि
हिम्मतले काम बन्नेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । छोटो समयमा उपलब्धि हातलागी हुनेछ । स्रोत(साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुने छ । मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
मान–सम्मान पाइने समय छ । बोलीको भरमा चिताएको काम बन्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

२०७७ फागुन ११ गते, मंगलवार, (२३ फेब्रअरी २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (सोमबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त विशेष फाइदा !

सर्बाधिक पढिएको

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक ३ हप्ता पहिले | संसार न्यूज़

३ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम  सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा…

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली १ हप्ता पहिले | संसार न्यूज़

११ फागुन, इजरायल । इजरायलमा कार्यरत एक नेपाली चेलीको अकस्मात…

त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका संशोधन गरिएको सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका संशोधन गरिएको सूचना २ हप्ता पहिले | संसार न्यूज़

६ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन…