११ फागुन, काठमाडौँ । केही समय देखि निरन्तर उकालो लाग्दैँ नयाँ-नयाँ रेकर्ड कायम गरेको सेयर बजार मंगलबार भने भारी अकंले ओरालो लागेको छ ।
मंगलबार २६२७ दशमलव ३४ विन्दुबाट सुरु भएकाे कारोबार केही समयमा २६३२ दशमलब ३४ अकंमा पुगेको थियो । तर कारोबार सुरु भएको १ घण्टा ३० मिनेटमा नेप्से घटेर २५४० दशमलब ४० अकंमा पुगेको छ ।
नेप्सेमा आज अधिकांस कम्पनीको मूल्य ओरालो लागेको छ । त्यसमध्ये पछिल्लो समय छोटो अवधी मैँ अत्याधिक रुपले बढिरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ । अघिल्लो दिन अत्याधिक माग भएर सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको उक्त कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएपछि आज सो अवस्था आएको हो ।