‘हुम्ला जुम्ला गाडीमा कहिले पुग्ने होला डुंगा चढी रारामा कहिले घुम्ने होला ।’ गायिक कुन्ती मोक्तानाको यो गीत सुन्दा मलाई कति खेर रारा गएर डुंगा चढौं जस्तो लागि रहन्थ्यो । एकपटक रारा हेर्न जानुपर्छ भन्ने सोच एक बर्ष अघि नै थियो ।
कामको सिलसिलामा समयले पछि धकेल्दै गयो । माघ पहिलो साता रारा घुम्न जानुपर्छ भन्ने सोच बनाए । फागुन ३० गते मलाई खुल्दुलीले अत्याइरहेको थियो । माघ १ गते मेरो पहिलो राराको यात्रामा हिड्दै थिए । कति बेला भोली बिहान उज्यालो होला र राराको यात्रा सुरु गरौला भनेर मेरो मनमा उत्सुकता जागिरहेको थियो ।
धरहरा पुर्ननिर्माणको जिम्मेवारी बहन गरिरहेको अबस्थामा मेरो प्राय बसाई सुन्धरा आसपासमै हुन्थ्यो । माघ १ गते बिहान उठेर शौच सहित हात मुख धोए । ७ बजे मैले त्रिभुवन बिमानस्थल प्रबेश गरि सक्नु पर्ने समय थियो । हातको घडीमा ठ्याक्कै ७ बजे पछि टयाक्सी बोलाएर बिमानस्थल तर्फ लागियो । मसंग नेपाली कांग्रेस मुगुका पार्टी सचिव मञ्जन कार्की पनि हुनुहुन्थ्यो ।
त्रिभुवन बिमानस्थलबाट बुद्ध एयरद्धारा नेपालगञ्जको यात्रा थियो । करिव ९ः४१ बजे बुद्ध एयर फलाइट मार्फत नेपालगञ्ज राँझा एयरर्पोट पुगियो । नेपालगञ्ज राँझा एयरर्पोट करिव ५ घण्टाको पर्खाई पछि दिउसो २ बजे तारा एयरको जहाजबाट करिव ३५ मिनेटमा ताल्च बिमानस्थलमा अबतरण गरियो ।
ताल्च बिमानस्थललाई रारा एयरर्पोट भनेर नामाकरण गरिएको रहेको रहेछ । सरकारले रारा बिमानस्थलका भौतिक संरचना निर्माणमा ढिलोसुस्ती गरेको भएपनि मुगालीको निम्ति एयरर्पोटको धावन मार्ग भने कालोपत्रे गरेको देख्दा खुशीको अनुभूति भयो । अब मैले कति बेला रारा देख्ने होला भनेर छिन–छिनमा मनमा खुल्दुली जागिरहेको थियो । मलाई साथीहरुले रारा हिमालको हिरा जस्तै छ भनेर सुनाउथे त्यसैले गर्दा पनि होला मलाई कतिखेर रारा देखौं देखौं लागि रहेको थियो । रारा बिमानस्थलमा करिव ३ घण्टाको बसाईपछि ८ हजारमा जीप रिर्जभ गरेर रारातिर हिडियो । रारा नजिक पुग्ने बेला वारिपारि हरियो जंगल अग्ला हिमाल हिउ टल्केको दृष्य मेरो आँखामा परिरहेको थियो । हामी चढेको जिप राराको माथिल्लो मिलिचौरमा रोकियो ।
जीपबाट झरेर करिव २० मिनेटको हिडाई पछि ५ः२७ बजेमा भू–स्वर्ग रारालाई मैले देख्न पाए । ३४ बर्ष उमेरमा मैले रारा देख्न पाए । पहिलोपटक रारा देख्न पाउदा म सारै मोहित भए । आहां आज मैले रारा देखे साच्चै भू–स्वर्ग जस्तै रहेछ । कसरी अग्लो हिमाल यस्तो निलो कञ्जन ताल बन्यो होला मलाई अचम्मै लाग्यो । कांग्रेस मुगु पार्टी सचिव मञ्जन कार्की स्वास्थ्यकर्मी जयपृथी मल्ल सहित चार पाँच जना म संगै थिए ।
चिसोमा त्यो चुल्होमा आगो ताप्न सारै आनन्द आउदो रहेछ । रात परिसकेको थियो । अब भोलीपल्ट बिहानै झिसमिसे उज्यालो हुँदा बित्तिकै उठेर रारा तालको पानी पिउनु पर्छ, भन्ने सोच राखेर सुतियो । बिहानै उठेर तालको किनारमा गए दुईहात जोडेर दर्शन गरे अनि तालबाट अन्जुलीमा पानी उभाएर पिए । मलाई राराको पानी पिउने ठूलो धोको थियो त्यो धोको पूरा भयो जस्तो महसुस भयो । किन भने रारा ताल धार्मिक तिर्थस्थल पनि हो । ताल वरिपरि बिभिन्न देबि देउताका मठ मन्दिर छन् भन्ने सुनेको थिए ।
सूर्यले नेटो काट्न लागिसकेको थियो । तालमा घाम डुब्दै थियो । त्यहाँबाट घोडा चढेर पारि हुटु पुग्ने निधो गरियो गरियो । घोडाहरु पनि हाम्रो पखाईमा रारा तालको छेउछाउमै पुच्छर हल्लाउदै थिए । सबैले एक एक घोडा चढेर तालको किनारै किनार सेतो कार्पेट हिउ माथि घोडा हिडाल्दै बिस्तारै हुटुतर्फ लागियो । बाटोमा कालिजले हामीलाई हेर्दै वरपर जंगलभित्र पसिरहेका थिए । कालिज देख्दा पहिलोपटक रारा आउँदा मेरो स्वागतको निम्ति कालिज बाटोमा बसेको होइन भन्ने महसुस भयो । एक घण्टामा रारा तालको निकासमा पुगियो । त्यहाँ वारिपारि गर्न फलामे पुल बनाइएको रहेछ । मलाई लाग्यो यो पुल फलामको नभएर कलात्मक काठको बनाइ दिएको भए अझ सुन्दर हुन्थ्यो ।
पुलमा पुगेपछि घोडाबाट ओर्लियौं एक अबलोकन गर्दै फोटो खिचियो नहर जस्तै कसरी निकास बन्यो होला भन्ने लाग्यो । शिव भगवानले लात्ती हानेर रारा तालको पानी खत्याडतर्फ फालेका हुन् भनेर म साना छदा बुढापाका बाट सुनेको थिए, त्यहाँको दृश्य हेर्दा साँच्चै हो कि जस्तो लाग्यो । साँझ पदै थियो । हामी त्यहाँबाट घोडा चढेर आधा घण्टामा हुटु डाँफे गेष्ट हाउसमा पुगियो । होटलमा पाहुनालाई आगो ताप्न ठूलो फलामे चुल्हो पनि व्यवस्था गरिएको रहेछ मलाई सारै मज्जा लाग्यो ।
चिसोमा त्यो चुल्होमा आगो ताप्न सारै आनन्द आउदो रहेछ । रात परिसकेको थियो । अब भोलीपल्ट बिहानै झिसमिसे उज्यालो हुँदा बित्तिकै उठेर रारा तालको पानी पिउनु पर्छ, भन्ने सोच राखेर सुतियो । बिहानै उठेर तालको किनारमा गए दुईहात जोडेर दर्शन गरे अनि तालबाट अन्जुलीमा पानी उभाएर पिए । मलाई राराको पानी पिउने ठूलो धोको थियो त्यो धोको पूरा भयो जस्तो महसुस भयो । किन भने रारा ताल धार्मिक तिर्थस्थल पनि हो । ताल वरिपरि बिभिन्न देबि देउताका मठ मन्दिर छन् भन्ने सुनेको थिए ।
अर्कोतिर प्रमुख तिर्थस्थल छायाँनाथको छायाँ पनि रारा तालमा पर्ने भएकोले यो भन्दा ठूलो तिर्थ पबित्र पानी अन्त कता होला भन्ने लाग्यो । तालको पानी खाइ सकेपछि माथि मचानमा उक्लिए । बिहानीको कञ्जन तालले मलाई मोहित पारिरहेको थियो । तालमा असला माछाको लहरै लहर देख्दा मलाई झन रमाइलो महसुस भयो जलेवा हाँसले माछा टिप्दै खादै गरेको रमणीय दृष्य पनि देख्न पाइयो । रारा तालका असला माछा खान साइबेरिया तिब्बतबाट हाँसका बथान रारा आउदा रहेछन ।
अनि चिया नास्ता खाइ सकेपछि डुंगा चढेर घुम्ने निधो गरियो आर्मी क्याम्प नजिक पुगेर डुंगा चढेर तालमा घुम्न सुरु गरियो । त्यति बेला सम्म घाम लागिसकेको थियो । ताल टल्कि रहेको थियो । सबै जनाले डुंगा चढेर तालमा घुम्न सुरु ग¥यौं । मञ्जन कार्कीले ताल बाटै फेसबुक मार्फत् लाइभ गरिरहनु भएको थियो । करिव २ घण्टा सम्म तालमै घुम्यौ रमायौं आनन्द लियौं । ढुंगामा म छिनछिनमा तालको पानी खाइरहन्थे । भ्रमणको निम्ति धेरै पैसा खर्च गरेर बिदेशतर्फ जानु भन्दा रारा भ्रमण गर्नु स्वर्ग पुगेसरी हुने रहेछ ।
सरकारको बेवास्ता
भू-स्वर्ग रारालाई सरकारले नचिनेको वा ध्यान नदिएका जस्तो लाग्यो । बिकसित मुलुकका कतिपय राष्ट्रले कृतिम ताल बनाएर लाखौ अरबौ राजश्व उठाउन सफल भएका छन् । तर, प्राकृतिले बरदान दिएको रारालाई सरकारले उपभोग गर्न सकिरहेको छैन ।
रारामा सुबिधायुक्त पर्यटकिय होटल बनेका होलान् ताल वरिपरि घुम्न फराकिलो मार्ग होला, बत्तीले झिलिमिली होला भन्ने मलाई लागेको थियो तर प्राकृतिक बरदान बाहेक अरु बिकासको पूर्बाधार केही देख्न पाइएन । रारामा साइबर पुस्तकालय म्यूजियम रुम खेल्न पिङ घुम्न पार्क बनेको भए पर्यटकको ओइरो लाग्थे कि भन्ने मलाई लाग्यो ।
शहर पैसा खन्याएर ठूला ठूला पूर्बाधार बनाउन सक्ने सरकारले रारालाई किन बिकास गरेन भनेर मलाई अचम्म लाग्यो कतै मुगुका नेताहरुको राज्यसंग पहुँच पुगेन कि भन्ने लाग्यो । यत्रो धरहरा बनाउन सक्ने सरकारले रारा किन बनाउन सकेन मेरो प्रश्न । बिशेष गरेर पुख्ने गमगढी नाग्मा सडक अझै कालोपत्रे हुन सकेको रहेनछ
रारा घुम्न जाऔं
मौसम खुलेको छ । यतिबेला रारा घुम्न सारै आनन्द र रमाइलो हुने भएकोले तपाईहरु रारा घुम्न जानुहोस् भन्न चाहन्छु । उहीले जस्तो रारा पुग्न अब कठिन छैन । जहाज वा जीप मोटर साइकल तपाई जुन सजिलो लाग्छ त्यही मार्फत रारा घुम्न जानसक्नु हुनेछ । बिश्व भरि महामारीको रुपमा फैलिएको कोरोना पनि अब न्यून भइसकेको छ भने यतिबेला मुगु शून्य संक्रमित रहेको जिल्ला भएको छ । सरकारले धमाधम कोरोनविरुद्धको खोप लयउँदैछ । अब जोखिम छैन । त्यसैले अब स्वस्फूर्त साथ रारा घुम्न जाऔं । मैले त रारा घुमेर आइ सके अब तपाइको पालो ।
लेखक: धामी चन्द निर्माण एण्ड सप्र्लायस प्रा.लिका प्रोपाइटर हुन् र उनको स्थायी घर मुगु भीई हो ।