११ फागुन, काठमाडौं । संचारकर्मी रवि लामिछानेले आफ्नै नेतृत्वमा नयाँ टेलिभिजन संचालनमा ल्याएका छन् ।
लामिछाने प्रवन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कद्धारा संचालित ‘ग्यालेक्सी फोरके’ नामक टेलिभिजन च्यानलको मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शुभारम्भ भएको घोषणा गरिएको हो ।
महानायक राजेश हमालद्धारा उद्घाटन गरिएको उक्त टेलिभिजन च्यानल नेपालमै पहिलोपटक फोरके प्रविधिमा संचालन गर्न लागिएको हो । साथै उक्त च्यानलमा विशेष गरेर आमसर्वसाधारणको मुद्दा र समाचारहरु र भरपुररुपमा मनोरन्जनका कार्यक्रमहरु पनि प्रसारण गरिने प्रबन्ध निर्देशक लामिछानेले बताए ।
उक्त टेलिभिजनको अध्यक्ष डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल भण्डारी रहेको बताइएको छ ।