Sansar News- Online for Global Nepali

लक्ष्मी र माछापुच्छ्रे बैंकले पिलुवा खोला जलविद्युत आयोजना लागि ऋण दिने

संसार न्यूज़
७ दिन पहिले
लक्ष्मी र माछापुच्छ्रे बैंकले पिलुवा खोला जलविद्युत आयोजना लागि ऋण दिने

११ फागुन, काठमाडौं । लक्ष्मी बैंकको अगुवाईमा माछापुच्छ्रे बैंकले पिलुवा खोला–३ जलविद्युत आयोजना सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने भएको छ । दुई बैंक र माबिलुङ्ग इनर्जीबीच सोमबार यसको लागि सम्झौता भएको हो ।

माबिलुङ्ग इनर्जी लिमिटेड संखुवासभा जिल्लाको साविकको सिद्धकाली र मावादिन गाविसहरुमा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण गर्ने ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनाको लागि उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैया ९३ करोड ७० लाख रहेको छ । बैंकहरुले आयोजना लागतको ७० प्रतिशत र बाँकी ३० प्रतिशत कम्पनीको स्व.लगानी रहनेछ ।

यसमा लक्ष्मी बैंकको ३९ करोड ९९ लाख र माछापुच्छ्रे बैंकको २५ करोड ६० लाख लागत रहनेछ । माबिलुङ्ग इनर्जी लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच गएको श्रावण ९ गते विद्युत खरिद सम्बन्धि सम्झौता भएको थियो भने श्रावण ९ गते उर्जा मन्त्रालयबाट विद्युत उत्पादन अनुमति प्राप्त गरेको हो ।

माबिलुङ्ग इनर्जीलाई एशियन लाईफ इन्स्योरेन्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन र सोका अध्यक्ष राजेश लाल श्रेष्ठ छन् ।

उत्पादन क्षमता ४.९५ मेगावाट रहेको माबिलुङ्ग इनर्जी लि. ले झण्डै २८.४१७ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना फेबु्रअरी २०२२ मा संचालनमा आउने बताइएको छ ।

नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष २०१९÷२० को समिक्षा प्रतिवेदन अनुसार सो आर्थिक वर्षमा स्वतन्त्र उर्जा उत्पादकहरुले जम्मा १५ वटा नयाँ आयोजना मार्फत संयुक्त रुपमा १३५.३९ मेगावाट विद्युत उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जोडिएको छ ।

साथै उक्त १५ वटा आयोजनाहरुलाई समेत समावेश गर्दा जम्मा ९८ वटा आयोजनाहरु संचालनमा आएका छन् र तिनीहरुको संयुक्त उत्पादन ६९६.१७ मेगावाट रहेको छ ।

सर्बाधिक पढिएको

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक २ हप्ता पहिले | संसार न्यूज़

३ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम  सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम सम्बन्धी सूचना २ हप्ता पहिले | संसार न्यूज़

२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा…

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर !

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर ! ४ हप्ता पहिले | संसार न्यूज़

माघ २१, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ तथा…

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली १ हप्ता पहिले | संसार न्यूज़

११ फागुन, इजरायल । इजरायलमा कार्यरत एक नेपाली चेलीको अकस्मात…