back

प्रधानमन्त्रीको कार्यक्रम बहिष्कार गर्न जनसांस्कृतिक महासङ्घको निर्देशन

वि.सं.२०७७ फागुन ११ मंगलवार

135 

shares
NTC AD
Global IME AD

११ फागुन, काठमाडौँ । जनसांस्कृतिक महासङ्घ नेपालले भोलि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलि प्रमुख अतिथि रहि आयोजना हुन लागेको कार्यक्रम बहिष्कार गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई प्रमुख अतिथि बनाई २०७७ फागुन १२ गते आयोजना गरेको ‘सहिद चुनु स्मृति प्रतिष्ठान समुद्घाटन तथा सहिद बेपत्ता परिवार अभिनन्दन वृहत् सांस्कृतिक कार्यक्रम २०७७’ बहिष्कार गर्न निर्देशन दिएको हो ।

महासंघका संयोजक सरल सहयात्रीद्वारा जारी प्रेस नोटमा प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक प्रधानमन्त्रीबाट चुनु स्मृति प्रतिष्ठानको उद्घाटन हुनु सहिद एवम् बेपत्ता र प्रगतिशील सांस्कृतिक आन्दोलनको ठाडो अपमान गरेको ठहर गरिएको छ ।

प्रेस नोटमा भनिएको छ – ‘कमरेड डम्बर कुमारी गुरुङले जन सांस्कृतिक महासङ्घ र स्वयम् चुनु स्मृति प्रतिष्ठानको समेत वैधानिक निर्णय नलिई एकल ढङ्गले प्रतिगमनका खलनायक असंवैधानिक प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई प्रमुख अतिथि बनाई यही २०७७ फागुन १२ गते आयोजना गरेको ‘सहिद चुनु स्मृति प्रतिष्ठान समुद्घाटन तथा सहिद बेपत्ता परिवार अभिनन्दन वृहत् सांस्कृतिक कार्यक्रम २०७७’ स्वयम् सहिद चुनु तथा अन्य सहिद एवम् बेपत्ता र प्रगतिशील सांस्कृतिक आन्दोलनको ठाडो अपमान हो । यसर्थ जनसांस्कृतिक महासङ्घ नेपाल सम्बद्ध कुनै पनि कमरेडहरूलाई सो कार्यक्रम बहिष्कार गर्नका लागि महासङ्घको तर्फबाट हार्दिक निर्देश गरिएको छ ।’

प्रेस नोटमा प्रगतिशिल सोच भएका सम्पूर्ण कलाकार, सांस्कृतिककर्मीहरुलाई यस्ता खाले अवसरवादी प्रवृत्तिको डटेर निरन्तर प्रतिवाद गर्न समेत अनुरोध गरिएको छ ।

वि.सं.२०७७ फागुन ११ मंगलवार १४:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...