फागुन ११, काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री मणि थापाले प्रचण्ड समूह त्याग्नुको कारणबारे मुख खोलेका छन् । पूर्वमाओवादी समूहबारे आलोचना नगरी ओली समूहमा प्रवेश गरेका थापाले प्रधानमन्त्री केपी शर्मा ओलीका केहि राष्ट्रवादी अडानले आफुँ आकर्षित भई पूर्व समूह त्यागेको बताए ।
मंगलबार ओली समूह निकट राष्ट्रिय यूवा संघको केन्द्रीय समितिको पूर्णंं बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले लिएको लाईन अग्रगमन उन्मुख राष्ट्रवादी भएको बताए ।
‘ओलीले जे विश्लेषण गर्नुभएको छ, त्यो विश्लेषणको मुख्य कुरा राष्ट्रवादलाई कम्युनिस्ट आन्दोलन जोड्न खोज्नुभएको छ, ओलीको राष्ट्रवादले मलाई आकर्षण गरेको हो,’ नेता थापाले भनेका छन् ।
प्रधानमन्त्री ओलीले नेपाली समाज र संस्कृतिलाई जोडेर कम्युनिष्ट आन्दोलनमा नयाँ विचार र मान्यता स्थापित गर्न खोजेको मन्त्री थापाको भनाई छ । उनले भने, ‘आमजनता र युवामा ओलीप्रतिको आकर्षण इतिहासको निरन्तरको आकर्षण मात्र होइन, नेपाली समाजको संस्कार र संस्कृतिको आधारबारेमा विश्लेषण गर्नुभएको छ, त्यो नेपालको कम्युनिस्ट आन्दोलनको नयाँ विचार र मान्यता हो ।’