Sansar News- Online for Global Nepali

नेकपाको प्रचण्ड-माधव समूहले भोली चितवनमा वृहत् प्रदर्शन गर्ने

संसार न्यूज़
१ हप्ता पहिले
नेकपाको प्रचण्ड-माधव समूहले भोली चितवनमा वृहत् प्रदर्शन गर्ने

११ फागनु, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुधबार चितवनमा बृह्त जनप्रदर्शन गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा बिघटन भएसँगै त्यसलाई प्रगिमनकारी र असंबैधानिक कदम भन्दै निरन्तर विरोध प्रदर्शन गर्दै आएको उक्त पार्टीले बुधबार चितवनमा विशाल जनप्रदर्शन गर्ने जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन संघर्ष समितिको आयोजनामा हुन लागेको उक्त प्रदर्शनमा अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव नेपाल लगायतका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

त्यस्तै जनप्रदर्शनका लागि चौबिसकोठी, मालपोत चोक, बुद्ध चोक, गोन्द्राङ कोकाकोला फ्याक्ट्री लगायतका स्थानबाट जुलुश निस्कने पनि संघर्ष समितिले जनाएको छ ।

Image

यस्ता छन् अन्य कार्यक्रमहरु

फागुन १२ गते चितवन र फागुन २१ गते दाङमा ठूलो जनप्रदर्शन गर्ने बताइएको छ । साथै जनकपुर र नेपालगन्जमा ठूलो विरोध प्रदर्शन गरिने र त्यसको मिति पछि तोकिने बताइएको छ ।

फागुन १४ गते काठमाडौंमा बृहत् युवा र्यालीको आयोजना गर्ने ।

फागुन १५ गते किसान, सुकुम्वासी मोर्चाको आयोजनामा काठमाडौंमा विरोध प्रदर्शन गरिने भएको छ ।

सो पक्षले यसअघि पुष १४ गते, माघ ९ गते र माघ २८ गते विशालरुपमा विरोध प्रदर्शन सम्पन्न गरेको छ । त्यसैगरी काठमाडौं बाहिर प्रदेश नं १ को विराटनगरमा, लुम्निी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा, सुदूरपश्चिमको धनगढी लगायतमा वृहत् प्रदर्शन सम्पन्न गरेको छ ।

 

सर्बाधिक पढिएको

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक ३ हप्ता पहिले | संसार न्यूज़

३ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम  सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा…

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली १ हप्ता पहिले | संसार न्यूज़

११ फागुन, इजरायल । इजरायलमा कार्यरत एक नेपाली चेलीको अकस्मात…

त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका संशोधन गरिएको सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका संशोधन गरिएको सूचना २ हप्ता पहिले | संसार न्यूज़

६ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन…