११ फागुन, काठमाडौं । नबिल बैंक लिमिटेडको रिक्त रहेको सञ्चालक पदमा उदय कृष्ण उपाध्याय नियुक्त भएका छन् ।
बैंकको फागुन १० गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको संस्थापक शेयरधनीहरूको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा उपाध्यायलाई नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।
त्यसैगरी, बैंकको सोही सञ्चालक समितिको बैठकमा उनले पदबहाली गरेका पनि बैंकले जनाएको छ ।
यस्तो छ बैंकले प्रकाशन गरेको सूचना :