११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै १३ दिनभित्रमा संसदको बैठक बोलाउन आदेश दिएपछि देशैभरी खुसीयाली छाएको छ ।
सर्वोच्चले फैसला सुनाउँदै गर्दा चितवनमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले संसद पुनस्र्थापना गर्ने अदालतको फैसलापछि खुसी साटासाट गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदम विरुद्ध चितवनमा बुधबार आयोजित जनप्रदर्शनलाई सम्बोधन गर्नका लागि चितवन पुगेका दाहालले ओलीतर्फ इंगित गर्दै प्रतिगमनकारीसँग तत्काल सहकार्य नहुने समेत बताए ।
त्यसैगरी चितवनमा आयोजित भोलीको विरोधसभालाई विजयसभाका रुपमा मनाउने बताइएको छ ।