back

देशभरि पुस्तकालय बन्नु आवश्यक छ

वि.सं.२०७३ माघ १५ शनिवार

357 

shares
NTC AD
Global IME AD

 

kapildev

नेपाल लाइब्रेरी फाउण्डेसन यतिबेला देशव्यापी पुस्तकालय स्थापना अभियानमा जुटौं ! समुन्नत नेपाल निर्माणमा सहभागी बनौं १ भन्ने उद्देश्यका लागि निकै सक्रिय छ । फाउण्डेसनका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य समेत रहेका जापानवासी कपिलदेव थापासँग संसारन्यूज डटकमले गरेको कुराकानी :

नेपाल लाइब्रेरी फाउण्डेसनको अध्यक्षमा चयन हुनुभएको छ, जिम्मेवारीलाई कसरी लिनु भएको छ ?

म अध्यक्ष हुन्छु भनेर भएको हुँ। काम गरेर देखाउनका लागि मैले यो पदको दाबी गरें। यो जिम्मेवारी मैले मेरै आत्मालाई सोधेर ग्रहण गरेको हुँदा जिम्मेवारीलाई पुरा गर्ने सङकल्पकासाथ काम गरि रहेको छु।

स्वदेशमा वा प्रवासमा बस्ने नेपालीहरूमा आफूले अध्ययन गरेका बिध्यालयमा पुस्तकालय स्थापना गर्नका लागि तन मन धनका साथ हामीहरूको संस्थामा ठोकिन आउने गर्छन्। हामीसंग यसको स्थायी आयस्रोत केहि छैन, तर हामीसंग पुस्तकालय बनाउने भनेर जो आउनु हुन्छ उहाँहरू सोच र श्रोत दुबै लिएर आउने हुँदा हाम्रो निम्ति त्यो नै आयस्रोत भएको छ।

लाइब्रेरी स्थापना गर्नुको उद्देश्य के हो ?
नेपालमा गुणस्तरीय शैक्षिक विकासलाई सघाउन, पढ्ने सस्कार हराएको हाम्रो जस्तो मुलुकमा पठन संस्कृतिको विकास गरि हरेक मानिसलाई सचेत शिक्षित तुल्याउन, शैक्षिक समतामुलक समाजको स्थापना गरि नया नेपाल निर्माणको अभियानमा एक ईट थप्न देशभरि पुस्तकालय बन्नु आवश्यक छ।
कहाँ कहाँ स्थापना गर्ने भन्ने कुनै आधार छ ?
हामी नेपालका हिमाल पहाड तराई मधेशका गाउँ सहर कुना कन्दरा सबैतिर, एक गाउँ, एक पुस्तकालयको अवधारणा अंगिकार गरि पुस्तकालय स्थापना गर्दैछौं। जहाँ जहाँ पुस्तकालय छैनन् त्यहाँ त्यहाँ पुस्तकालय स्थापना गर्ने मात्र हैन भएका पुस्तकालयहरूको प्रबर्धनका निम्ति पनि सघाउने गरि आएका छौं।
यसको आर्थिक स्रोत के हो ?
पुस्तकालय चाहिन्छ, स्थापना गर्नु पर्छ भन्ने भावनाको सर्बत्र विकास भएको छ। स्वदेशमा वा प्रवासमा बस्ने नेपालीहरूमा आफूले अध्ययन गरेका बिध्यालयमा पुस्तकालय स्थापना गर्नका लागि तन मन धनका साथ हामीहरूको संस्थामा ठोकिन आउने गर्छन्। हामीसंग यसको स्थायी आयस्रोत केहि छैन, तर हामीसंग पुस्तकालय बनाउने भनेर जो आउनु हुन्छ उहाँहरू सोच र श्रोत दुबै लिएर आउने हुँदा हाम्रो निम्ति त्यो नै आयस्रोत भएको छ।
लाइब्रेरी अहिलेसम्म कति ठाउँमा स्थापना गर्न सफल हुनु भएको छ ?

जिल्लाको हिसाबले २५ मा हाम्रो कार्यक्षेत्र फैलिएको छ। ६५ भन्दा बढि सामाजिक शैक्षिक संस्थाहरूसंग सहकार्य गरेका छौं। १०० को हाराहारीमा पुस्तकालय, बिध्युतीय पुस्तकालय, तालिम परियोजनाहरू हालसम्म सम्पन्न भएका छन्।
कति ठाउँमा स्थापना गर्ने भन्ने कुनै लक्ष्य पनि बनाउनु भएको छ की ?

यतिठाउँमा पुस्तकालय बनाउने भन्ने लक्ष बनाएका छैनौं किनकि हाम्रो लक्ष देशभरि बनाउने हो।

पुस्तकालयका लागि पुस्तकको व्यवस्था कसरी गर्नुहुन्छ ?
उपहार सहयोग र खरिद प्रकृया अपनाएर त्यसमापनि पुस्तकको माँग सर्भे गरि गराई पुस्तकालयहरूमा पाठक रुचिअनुरुपका पुस्तकहरूको ब्यवस्था गरिने गरिएकोछ।

लाइब्रेरीमा विशेष कस्ता खालका पुस्तक उपलब्ध हुन्छन् ?
पहिलो त पाठक रुचि अनुरुपका त्यसमापनि सामान्यज्ञान, दर्शन, धर्म, सामाजिक बिज्ञान, भाषा, सुध्द बिज्ञान, प्रबिधि, कला, साहित्य, ईतिहास र भूगोलका पुस्तहरू उपलब्ध हुने ब्यवस्था मिलाईएको छ।
स्थापना गरिएका पुस्तकालयको प्रयोग कत्तिको भएको पाउनु भएको छ ?
कतै अधिक, कतै आशिंकरुपमा प्रयोग भएको पाईएको छ। बढि भन्दा बढि प्रयोगी बनाउने योजना बनाई दिने गर्छौं।
लाइब्रेरीको उपभोग समुदायका सबैले प्रयोग गर्न सक्छन् ?
बिध्यालय पुस्तकालयको हकमा बिध्यार्थी, शिक्षक कर्मचारिहरूले प्रयोग गर्छन्, कतैकतै समुदायका निम्ति पनि भनेर योजना बनेको छ भने सामुदायिक पुस्तकालयहरूबाट भने समुदायका सबैले पढ्न पाउने नीति नियम बनाएर लागु गरिएको छ।
पुस्तकालयको संरक्षणको व्यवस्था कसरी गर्नुभएको छ ?
हामी पुस्तकालय सञ्चालनका निम्ति तालिम सहजीकरण दिन्छौं। ब्यवस्थापन र सञ्चालनकर्ता स्वयम संस्थालाई जवाफदेहि बनाउँछौं। अपनत्व दिलाउँछौ। सम्बन्धित संस्थामार्फत् खोलिएका पुस्तकालयहरूको संरक्षण हुँदै आएको छ।

वि.सं.२०७३ माघ १५ शनिवार ०९:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD