फागुन १३, काठमाडौं । नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सरकार बनाउन कांग्रेससँग गरिरहेको छलफलप्रति पूर्वमन्त्री एवं नेता लालबाबु पण्डितले विरोध गरेका छन् । बिहिबार सामाजिक सञ्जालमार्फत कांग्रेससँग मिलेर सरकार बनाउन खोज्न जनमतको अपमान भएको भन्दै विरोध जनाए ।
उनले नेकपा कठिन मोडमा पुगेको भएपनि एकताको सम्भावना समाप्त भईनसकेको बताएका छन् । ‘नेकपामा कठिन भए पनि एकताको सम्भावना समाप्त भएको छैन, बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाऊँन जान हुदैन, यो जनमतको अपमान हुने भएकोले कही यस्तो अवस्था नआओस्’, सामाजिक सञ्जालमा उनले भनेका छन् ।
नेकपामा कठिन भए पनि एकताको सम्भावना समाप्त भएको छैन।बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाऊँन जान…
Posted by Lalbabu Pandit on Wednesday, February 24, 2021
प्रचण्ड र नेपाल कांग्रेससँग मिलेर सरकार बनाउन लागि परे आफुँले विद्रोह गर्ने पण्डितको चेतावनी छ । उनले बेलैमा ध्यान पुर्याउन भन्दै सामाजिक सञ्जालमा भनेका छन्, ‘मेरो यसमा बिरोध रहने छ, नेतृत्वलाई बेलैमा जानकारी गराऊछु।’