back

निरन्तर स्थगनमा पर्दै आएको नेकपा नामको मुद्दामाथि सर्वोच्चमा अन्तिम सुनुवाई सुरु

वि.सं.२०७७ फागुन १३ बिहीवार

117 

shares
NTC AD
Global IME AD

फागुन १२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको नाम विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा अन्तिम सुनुवाई सुरु भएको छ । झण्डै तीन वर्ष अगाडि दर्ता गरिएको नेकपा नामसम्बन्धी मुद्दामा अन्तिम सुनुवाई आजदेखि सुरु भएको हो ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को घोषणा गरिएसँगै ऋषिराम कट्टेलले नामको आधिकारिक पक्ष आफुँ भएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । उनले २०७५ मंसिर २१ मा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

तर, उनले दायर गरेको मुद्दा निरन्तर स्थगनमा पर्दै आएको थियो । उक्त मुद्दामा हालसम्म १२ पटकसम्म पेशी तोक्ने र स्थगन हुने भएको थियो ।
आजबाट सुरु भएको अन्तिम सुनुवाई न्यायाधीशद्धय बमबहादुर श्रेष्ठ र कुमार रेग्मीको इजलासमा परेको छ ।

सत्तारुढ नेकपाको विभाजनसँगै आधिकारिकताको विषयमा निर्वाचन आयोगमा सुनुवाई भईरहँदा सर्वोच्चमा ऋषि कट्टेलको मुद्दामाथि अन्तिम सुनुवाई हुनुलाई अर्थपूर्णं रुपमा हेरिएको छ । यसअघि नेकपाकै उपाध्यक्षसमेत रहेका नेता बामदेव गौतमले एक सार्वजनिक टेलिभिजन कार्यक्रममा मुद्दामाथि निष्पक्ष फैसला भएमा नेकपा नाम ऋषि कट्टेल पक्षको नै हुने बताएका थिए ।

वि.सं.२०७७ फागुन १३ बिहीवार १५:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका शक्ति

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका शक्ति

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

रमबन (भारत) । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म...

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

चितवन । चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले...