Sansar News- Online for Global Nepali

स्रोत नखुलेको २५ लाख बढी रकमसहित दुई भारतीय नागरिक पक्राउ

संसार न्यूज़
२ महिना पहिले
स्रोत नखुलेको २५ लाख बढी रकमसहित दुई भारतीय नागरिक पक्राउ

१३ फागुन, बारा । स्रोत नखुलेको २५ लाख बढी रकमसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

कलैया उपमहानगरपालिका ८ बरेवा टोलस्थित कलैया–मटिअर्वा सडकबाट स्रोत नखुलेको २५ लाख ३५ हजार नेपाली रुपैयाँ सहित भारतको बिहारका ३५ वर्षीय चन्द्र शेखर प्रसाद र ३८ वर्षीय संजय कुमारलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले उक्त ठाउँमा बि आर ०५ के ०७९८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्दा चालक चन्द्र शेखर र मोटरसाइकलमा सवार संजय र उनको मोटरसाइकलको डिक्कीमा समेत लुकाई राखेको अवस्थामा १ हजार दरको १ हजार ७ सय ७२ थान र ५ सय दरको १ हजार ५ सय २६ थान रकमसहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…