Sansar News- Online for Global Nepali

अदालतको फैसलासँगै नेकपाका दुवै पक्ष पार्टी एकताको पक्षमा, के फेरि एकता सम्भव छ ?

समर शर्मा
२ महिना पहिले
अदालतको फैसलासँगै नेकपाका दुवै पक्ष पार्टी एकताको पक्षमा, के फेरि एकता सम्भव छ ?

फागुन १३, काठमाडौं । संसद विघटनको निर्णयलाई सर्वोच्चले उल्ट्याएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहका स्थायी समिति बैठकहरु बसे । दुवै समूहका बैठकको निर्णय पार्टीलाई विभाजन गराउन हुन्न भन्ने तर्फ पनि देखिए ।

पेरिसडाँडामा बसेको स्थायी समिति बैठकका निर्णय सुनाउँदै गर्दा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली सच्चिएर आएमा एकता सम्भव हुनेसमेत बताए ।

‘हामी पार्टी एकताकै पक्षमा छौं, उहाँ (केपी शर्मा ओली)ले तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो, मैंले गल्ती गरें संविधान, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको विरुद्ध भनेर प्रस्तुत हुनुभयो, सँगै विचार, सिद्धान्त, विधि पद्धतिका आधारमा र पार्टीमा कम्युनिष्ट मूल्य मान्यताका आधारमा चल्ने प्रतिबद्धता गरेमा पार्टी एकता हुनसक्छ’, श्रेष्ठले भनेका छन्, ‘हामीले चाहेको पनि त्यहि हो ।’

श्रेष्ठका अनुसार ओली आत्माआलोचनासहित सच्चिएर अगाडि आउनुपर्छ । साथै श्रेष्ठले बताएअनुसार स्थायी समिति बैठकले ओली समूहमा गएका सबै नेताहरुलाई मुल पार्टीमा फर्कन पनि आव्हान गर्ने निर्णय गरेको छ ।

‘जति कमरेडहरु भ्रममा परेर वा अन्य कारणले फुटवादी गुटमा वा अन्य गुटमा लाग्नुभएको छ, ती सबै साथीहरुलाई मुल पार्टीमा नै फर्किएर जिम्मेवारी लिन आव्हान गर्ने निर्णय गरेका छौं’, बैठकका निर्णयबारे पत्रकारसँगको कुराकानीमा श्रेष्ठले भनेका छन् ।

यता ओली समूहको स्थायी समिति बैठकका निर्णय सुनाउँदै गर्दा ओली समूहका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि आफुँहरु सदैव एकताको पक्षमा रहेको सुनाए । उनले एकता सम्भव रहेको पनि बताए ।

उनका अनुसार एकता सम्भव भएको ठानेर नै पार्टीले कसैलाई पनि कारबाही नगरेको हो । ‘हामी सदैव एकताको पक्षमा छौं । पार्टी एकतालाई ध्यानमा राखेर हामीले कसैलाई पनि कारबाही गरेका छैनौं ।’, ज्ञवालीले भनेका छन्, ‘यसबीच गम्भीर राजनीतिक मतभिन्नताहरु भए । तर पनि पार्टीलाई एकताबद्ध बनाएर लग्न सकियोस् भन्नेतर्फ हाम्रो प्रयास जारी छ ।’

सत्ता सहकार्यको लागि प्रचण्ड–नेपाल समूहले अन्य दलसँग बढाएको छलफल भने एकताका लागि बाधक भएको उनको भनाई थियो । गुनासो शैलीमा उनले भनेका छन्, ‘एकता अमुर्त कुरा त होइन, मुर्त कुराहरु होलान्, उहाँहरु ती विषयलाई कसरी अगाडि सार्न चाहनुहुन्छ, सुनिरहेका छौं नेपाली कांग्रेससँग सत्ता सहकार्यको लागि छलफलहरु भएका छन्, त्यहि बाटोमा लाग्ने हो भने त एकता कसरी सम्भव होला र ?’

किन आए एकताका कुरा ?

नेकपाभित्र आन्तरिक विवाद चुलिएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा संसद विघटनको कदम चालेका थिए । ओलीको उक्त कदमसँगै सत्तारुढ नेकपामा विभाजन आएको थियो ।

तर, नेकपामा विभाजन आए पनि निर्वाचन आयोगले भने विभाजनलाई वैद्यता दिएको छैन् । दुवै पक्षले गरेका दाबीलाई आयोगले यसअघि माघ ११ को निर्णयमार्फत विधिसम्मत नभएको भन्दै खारेज गरिदिएको थियो ।

त्यसयता दुवै पक्षले पुनः आयोगको मागबमोजिम दाबी पेश गरेका छन् । तर, उक्त निवेदनमाथि आयोगले सुनुवाई गरेको छैन् । निर्वाचन आयोगको अनिर्णयका कारण नेकपा व्यवहारिक रुपमा विभाजन भएपनि कानूनी रुपमा एउटै छ । संसदमा पनि नेकपा एउटै छ ।

विभाजन नभएको नेकपा संसदमा झण्डै दुई तिहाई बहुमतसहित उपस्थित छ । सरकार बनाउन बहुमत चाहिन्छ । यस्तो परिस्थितिमा पार्टी विभाजन भए दुवै पक्षले एकल बहुमत पुर्याउन सक्ने अवस्था छैन् ।

पार्टी विभाजन नभएकै अवस्थामा प्रधानमन्त्रीलाई संसदीय दलको नेताबाट हटाउन सकेमा प्रचण्ड–नेपाल समूहसँग संसदमा बहुमत हुन्छ भने प्रचण्ड–नेपाल समूहलाई मनाउन सके ओलीको पक्षमा बहुमत कायमै रहन्छ । यस्तोमा दुवै पक्षले आफुँ सुरक्षित हुन र सांसदहरुलाई आफ्नो पक्षमा तान्न पनि एकताको नारा दिईरहेका छन् ।

पार्टी विभाजनमा देखिएको कानूनी जटिलतालाई आधार मान्दा एकताको नारा दुवैका निम्ति फाईदाजनक छ ।

एकता कति सम्भव ?

निर्वाचन आयोगको अनिर्णयकको कारण कानूनी रुपमा नेकपा विभाजन नभएपनि व्यवहारिक रुपमा विभाजित छ । नेकपा विभाजन विभाजनसँगै एक पक्षले अर्को पक्षलाई सिध्याउने गरि नै सार्वजनिक अभिव्यक्ति र भित्रि रणनीति तयार गरेको देखिन्छ ।

सार्वजनिक रुपमै दुवै पक्षले एकले अर्को पक्षलाई निकै तल्लो स्तरबाट घृणायुक्त गाली गलौजहरु गरेको स्थिति छ । यस्तोमा भावनात्मक रुपमा दुई समूहबीच एकता सम्भव देखिन्न । तर, प्राविधिक रुपमा स्वार्थकेन्द्रित एकता हुनसक्दैन् भन्न सकिन्न ।

राजनीतिक विश्लेषकको बुझाईमा पनि वामदेव गौतमले भनेजस्तै प्रधानमन्त्री ओलीलाई बिदाई गरेर अगाडि जाने सम्झौता गर्नसके बाँकी सदस्यहरुले आत्मसमिक्षा गर्दै एकतालाई स्वार्थका आधारमा जोगाउन सम्भव छ । प्रतिनिधि सभा विघटनपश्चात दुवै पक्षका भूमिकाहरु पनि त्यसैतर्फ केन्द्रित भएको धेरैको बुझाई छ ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…